उत्तर कोरियामा कोरोनाबाट सं’क्रमित एकजना पनि नभएको दाबी


एजेन्सी : उत्तर कोरियाले आफ्नो देशमा कोरोना भाइरसको एकजना पनि वि’रामी नभएको जनाएको छ । उसले उत्तर कोरियालाई कोरोना फ्रि देश घोषणा गरेको छ । विश्वमा झण्डै एक मिलियन (१० लाख) जनामा कोरोना भाइरसको स’ङ्क्रमण फैलिइरहेकोमा उत्तर कोरियाले भने आफ्नो देशमा कोरोना भाइरसको स’ङ्क्रमण नभएको दा’बी गरेको हो ।
उत्तर कोरियाका एकजना स्वास्थ्य अधिकारीले सो जानकारी दिएको एएफपीको समाचारमा जनाएको छ । उनले आफ्नो देशमा आजसम्म कोही पनि यसका स’ङ्क्रमित नभेटिएको बताएका हुन् । तर पनि उत्तर कोरियाले आफ्नो देशमा यसका वि’रामीहरु भेटिए पनि बाहिर नभनेको बताउने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दा’बी गरेका छन् ।



यसका कारण उत्तर कोरियाको आलोचना पनि हुने गरेको छ । तर उत्तर कोरियाले छिमेकी चीनमा गत जनवरीमा कोरोना भाइरसको प्र’कोप बढेको समाचारआएपछि आफ्ना सबै सीमाहरु ब’न्द गरेको थियो । सीमा ब’न्द गरेर देशभित्र पनि यसबाट बच्ने उपायका बारेमा क’डा कानूनहरु लागू गरेको बताइएको छ । उत्तर कोरियाको इपिडिमियोलोजी विभागका प्रमुख पाक म्योङ सुले उत्तर कोरियाले अपनाएका क’डा कानून र मापदण्डका कारण उत्तर कोरिया यो स’ङ्क्रमणबाट बच्न सफल भएको बताए ।
उहाँले आफ्नो देशमा सीमा ब’न्द, विदेशबाट आउने सबैजनालाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने, हरेक नागरिकको निगरानी गरेर राज्यले नै उपचार गर्नेजस्ता कार्यहरु गरेका कारण पनि यो म’हामारी फैलिन नपाएको जानकारी दिए । तर दक्षिण कोरियामा रहेका एकजना अमेरिकी सैन्य कमाण्डर जनरल रोबर्ट अब्रामले भने आफूले उत्तर कोरियामा कोरोना भाइरसको एक वि’रामी भएको थाहा पाएको बताएका छन् । गत महिना आफूले यस्तो समाचार थाहा पाएको उनको भनाई थियो ।
दक्षिण कोरियासँगको सीमा क्षेत्रमा एकजना सं’क्रमित रहेको आफूले थाहा पाएको उनले बताएका थिए । त्यसैगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि ‘उत्तर कोरियामा केही न केही भएको’ बताएका छन् । उनले उत्तर कोरियालाई यस्तो म’हामारीका वि’रुद्धमा मिलेर ल’ड्न र आवश्यक परे अमेरिकी सहयोग लिन एक पत्र पठाएका थिए । तर त्यस विषयमा उत्तर कोरियाको जवाफ भने नआएको अधिकारीहरु बताउँछन् ।







