लकडाउनबाट प्र’भावितलाई रा’हत वितरणमा रो’क


बाँके : कोरोना सं’क्रमण बढ्दै जाने सम्भावित अवस्थालाई मध्यनजर गर्दै सरकारले गरेको लकडाउनबाट प्र’भावित अति बिपन्न बस्तीमा समाजसेवीहरुको सक्रियतामा खाद्य सामग्री सहितको राह’त वितरण गरिएकोमा स्थानीय तहले रो’क लगाएको छ ।
महिला समाजसेवी लिला सुनारको अगुवाइमा नेपाल दलित कार्य समितीका निर्देशक डा.बुद्धि नेपालीको बिषेश आर्थिक सहयोगमा बाँके बैजनाथ ६ का २ घर र खजुरा गाउँपालिएका एक-एक गरि चार परिवारलाइ एक-एक बोरा चामल दाल तथा तेल उपलब्ध गरिएको राह’त वितरण अभियन्ता तथा पत्रकार कुशल दर्लामीले बताएका छन् ।



भोकभोकै बस्नुपर्ने अवस्था आएका ती गरिब परिवारका सदस्यलाई राह’त वितरण गर्दा गाउँपालिकाले निस्वार्थ सहयोगमा अनावश्यक ला’ल्छना लगाएर प्रहरी समेत खटाइ सहयोग नगर्न भनेको गुनासो सोहि अभियानका अभियन्ता तथा पत्रकार दिपक राइले जनाएका छन्। उता वडा नम्बर ६ का वडा अध्यक्ष भद्र बहादुर बस्नेतले आफूंखुसी वितरण नगर्न र स्थानीय तहसंग मिलेर जानुपर्छ वा सिधै गाउँपालिएकामा जम्मा गर्नुपर्ने भन्ने कुरा राख्न बोलाएको बताउँछन् ।
समाजसेवी लिला सुनारले गाउँपालिकाको कतिपय सवाल निर्देशित भएपनि गरिवलाई राह’त वितरण गर्ने सरकारी शैली गलत र गरिबमुखि नभएको बताएकी छिन् । उनले गाउँपालिकाले दिने सहयोग झारा टार्ने मात्र भएको र करिब दुई हप्ता बितिसक्दा पनि प्रति ४ परिवार १० के जि चामल बितरण गर्ने योजना मात्र वनाएर वस्नु ल’ज्जास्पद भएको बताइन्।
राह’त वितरणमा स्थानीय क्लबका अध्यक्ष सक्रिय रुपमा लागेका युवा अभियान्ता डम्बर नेपाली लगायतको सहभागितामा सामाजिक दुरी कायम गरि राह’त वितरण गरिएको सो टिमले जनाएको छ ।
यो पनि
बैजनाथ गाउँपालिकाले सबै वडाहरुमा तथ्यांक संकलन समिति गठन गरि सम्पूर्ण स्थानीयहरुद्वारा तथ्यांक संकलन शुरु गरेको छ ।
विश्यब्यापी रूपमा त्रा’स फैलिएको कोरोना कह’रबाट नेपाल पनि अछूत भने रहन सकेन । चीनबाट शुरु भएको यो महा’मारिले अहिले विश्य त्र’सित भएको छ । नेपाल सरकारले पनि लकडाउन लगाएको छ भने बांँके प्रशासनले क’र्फ्यु लगाएको १० औं दिन पुग्दा यहाँका स्थानीय जो दैनिक ज्यालादारी गरेर आफ्नो गुजरा गर्ने गरेका थियए उनीहरुलाई छाक टार्न हम्मेहम्मे परेको छ ।
यसलाई मध्यनजर गर्दै नेपाल सरकारले कोरोना रा’हत कोष नै बनाएको छ । जुन कोषबाट कोरोना प्र’भावित तथा गरिब निमुखा मजदुरलाई खाद्यान्नको ब्यवस्थापन गर्न सबै स्थानीय सरकारलाई ब्यवस्थापनको जिम्मेवारी प्रदान गरेको छ ।
बांँकेको बैजनाथ गाउँपालिकाले स्थानीय मजदुरलाई प्रति ४ परिवार १० किलो खाद्यान्न उपलब्ध गराउने निर्णय गरे लगत्तै चौतर्फी आ’लोचना शुरु भएको छ किनभने छिमेकी खजुरा गाउँपालिकाले २५ किलो चामल दिने निर्णय गरेको छ ।
स्थानीय सरकारले एकद्वार प्रणाली ल्याउनु स्वागत योग्य काम भएता पनि मात्र १० किलो चामल दिने त्यो पनि सबैतिरबाट संंकलन गरेको समेत मिलाएर राह’त प्रदान गर्ने भएपछि स्थानीय युवा र पीडितहरु आ’क्रोशित भएका छन ।








