कोरोनाबाट विक्षिप्त इटलीकै एक गाउँ: जहाँ शून्य सं’क्रमित

एजेन्सी : विश्वलाई नै कोभिड-१९ ले सताएको छ । चीनबाट सुरु भएको यस रो’गले इटली, स्पेन र अमेरिका जस्ता विकसित देशलाई हैरान बनाएको छ । कोरोनाभाइरसका कारण इटलीमा १३ हजारभन्दा धेरैको ज्यान गुमाइसकेका छन् । १ लाखभन्दा धेरै सं’क्रमित भइसकेका छन् । अहिले पूरै इटली निकै समस्याग्रस्त छ । स्वास्थ्य सेवा धर्मराएको छ । डाक्टरहरुले नै भाइरसका कारण ज्यान गुमाइरहेका छन् ।

तर, त्यही इटलीमा एउटा गाउँ भने कोरोनाभाइरसबाट पूरै सुरक्षित छ । यहाँ कोरोनाभाइरसबाट कसैको मृ’त्यु हुनु त परको कुरा एक जना पनि सं’क्रमित छैनन् ।

मोन्ताल्दो तोरिनिज नामको यो ठाउँ इटलीको उत्तरी क्षेत्रको पियोदमेन्टको तुरीन शहरभित्र पर्छ । यहाँका स्थानीयहरु यो ठाउँको पानी र हावाका कारण कोरोनाभाइरस यहाँ नआएको विश्वास गर्छन् । द गार्डियनको समाचार अनुसार यहाँका स्थानीयले यो ठाउँको पानीलाई ‘चमत्कारी पानी’ मान्छन् । यहाँको पानीले सन् १८०० मा नेपोलियन बोनापार्टका सेनालाई भएको निमोनिया ठिक भएको विश्वास गरिन्छ यद्यपि यसको कुनै प्रमाणित साक्षी भने छैन । इतिहास अनुसार सन् १८०० को जून महिनामा नेपोलियनले यहाँ सैन्य क्याम्प स्थापना गरेका थिए ।

मोन्ताल्दो तोरिनिज भन्ने यो ठाउँ तुरिन शहरबाट मात्रै १९ किलोमिटर टाढा छ । तर, तुरिन शहरमा कोरोनाभाइरसबाट ३६०० भन्दा धेरै मानिसहरु संक्रमित भइसक्दा यो गाउँमा एक जना पनि संक्रमित भएका छैनन् । यो गाउँ पर्ने पियोदमेन्ट राज्यको हालत निकै दयनीय छ । यो राज्यमा ८ हजार २ सयभन्दा धेरै संक्रमित भइसकेका छन् । तर, मोन्ताल्दो तोरिनिजमा एक जना पनि संक्रमित छैनन् ।

पियोदमेन्टका मेयर सर्गेइ गियोतीले पनि यहाँको हावा र पानीको कारण नेपोलियनको सेना ठिक भएकोले यही कारण अहिले पनि यहाँका नागरिक सुरक्षित भएको हुन सक्ने बताए । सर्गेइका अनुसार यो गाउँका कैयौं मानिसहरु तुरिन शहर जान्छन् । तुरिन शहरमा ठूलो परिमाणमा संक्रमण फैलिएको छ तर यो गाउँका मानिसहरु शहरबाट फर्केपछि पनि स्वस्थ छन् ।

यद्यपि यो गाउँमा मास्क र सेनिटाइजर बाँडेर नागरिकलाई भाइरसबारे सचेत भने बनाइएको छ । यो गाउँमा ७२० नागरिकको बसोवास छ । मेयर सर्गेइका अनुसार यहाँका नागरिकको जीवनशैली निकै सामान्य र स्वस्थकर छ । यहाँका नागरिकले सरफाइमा निकै ध्यान दिने सर्गेइले बताए ।

सम्बन्धित खवर

Back to top button