ब्यक्तिगत खर्चबाट वनमन्त्रीका स्वकीय सचिवद्वारा मजदुरलाई राहत वितरण


काठमाडौं २१ चैत : कोरोना संक्रमणको प्रारम्भमै सक्रिय सहयोगको प्रतिबद्धता जनाएका वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतका स्वकीय सचिवद्वय मुक्ति बस्नेत र मुस्कान रोकायले बिभिन्न कामका शिलशिलामा काठमाडौं, ललितपुर र भक्तपुरमा अलपत्र परेका मजदुरहरूलाई शुक्रबार खाद्यान्न सहयोग गरेका छ्न ।
मजदुरहरुलाई आवश्यक दाल, चामल, नुन, तेल , तरकारी, दालमोट र चिउरा लगायतका खाद्यान्न बितरण गरेका गरका छन् । स्वकीय सचिव बस्नेत र रोकायले ब्यक्तिगत तलबबाट खर्च छुट्याएर काठमाडौंको नयाँ बसपार्क मित्र नगरमा रहेका ८ जना, ललितपुर बालकुमारीमा अलपत्र परेका २० जना, भक्तपुरको ठिमीमा अलपत्र परेका ४० जनालाई खाद्यान्न वितरण गरेका हुन् ।
साथै सिन्धुपाल्चोक, नुवाकोट र संखुवासभामा अलपत्र परेकाहरूसँग पनि सम्पर्क गरी उनीहरूलाई राहत बितरण गर्न सम्बन्धित जिल्लाका सिडिओ, मेयर र पालिका अध्यक्षहरूलाई अनुरोध गरिएको बताएका छन् ।



कसो स्थानहरुमा पनि आवश्यक राहातको ब्यवस्थापन गरि सकिएको र वितरण हुने बताए । प्राप्त सहयोगबाट मजदुरहरुले राहतको महसुस गरेको र अन्य आवश्यक सहयोग निरन्तर गरिने जनाएका छन् ।








