नेपालमा थपिए कोरोनाका ३ जना नयाँ संक्रमित


काठमाडौं २२ चैत : नेपालमा कोरोनाका ३ जना नयाँ सं’क्रमित फेला फेला परेका छन् । नेपालमा एकैपकट थप तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप तीन जनामा कोरोना भाइरसको संं’क्रमण देखिएको पुष्टि गरेको हो ।
तीनै जना सुदूरपश्चिस प्रदेशका बासिन्दा हुन् । मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष, यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त कैलालीकै ३४ वर्षीय महिलामा कोरोना संक्रमण देखिएको हो ।



योसँगै पहिलो पटक नेपालभित्रै अर्को व्यक्तिमा कोरोना सं’क्रमण भएको पनि पुष्टि भएको मन्त्रालयले जनाएको छ । यसअघि नेपालमा छ जनामा संक्रमण देखिएकोमा थपिएकासहित संक्रमित संख्या ९ पुगेको छ । एक जना भने सं’क्रमण मुक्त भएर घर फर्किसकेका छन् ।








