कोरोनाबाट मृ’त्यु हुनेको संख्या ६४ हजार नाघ्यो, नेपालमा भ’यानक रुप लिन सक्ने चे’तावनी


काठमाडौं २३ चैत : विश्व म’हामारीकाे रूपमा फैलिएको भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउनेको संख्या ६४ हजार ६ सय ६ पुगेको छ भने करिव १३ लाख मानिस कोरोना भाइरसबाट सं’क्रमित भएका छन्।
आइतबार बिहानसम्मको तथ्यांक अनुसार, अमेरिकापछि स्पेनमा सं’क्रमणदर उच्च देखिएको छ। अमेरिकाको झन्डै ३ लाख पछि स्पेनमा १ लाख २६ हजार १ सय ६८ मा कोरोना सं’क्रमण पुष्टि भएको छ। इटालीमा १ लाख २४ हजार ६ सय ३२ जनामा कोरोना सं’क्रमण पुष्टि भएको छ। नेपालमा भने हाल सम्म ९ जनमा संक्र’मण को पुष्टि भएको छ।



WHO का अनुसार पछिल्लो गतिबिधिले नेपालमा पनि भयानकरुप लिनसक्ने सम्भावना भएकाले सबैले आ-आफ्नो क्षेत्रबाट धैर्यतापूर्ण सावधानी अपनाई नि’यन्त्रण गर्न पर्ने सुझाव दिएको छ।
हाल सम्म विश्वमा २ लाख ४६ हजार १ सय ८ जना मात्रै उपचारपछि निको भएको जनाइएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार यो रो’गको सं’क्रमण अझैं ब्यापक हुनसक्ने र समयमा नै उचित कदम नचाल्ने हो भने यसले मानव अस्तित्व सं’कटमा पर्नसक्ने चे’तावनी दिएको छ।