लकडाउनमा यस्तो देखियो पाटन दरबार क्षेत्र


काठमाडौं २३ चैत : कोरोना संक्रमण फैलन नदिन कार्यान्वयन भइरहेको ‘लकडाउन’का कारण यतिखेर जनजीवन प्रभावित बनेको छ। मानिसहरू प्राय: घरभित्रै सीमित भएका छन् ।
बाहिरफेर गर्ने काममा जुट्न सकेका छैनन् । सबै काम थाती राखेर घरमै बसेका छन् आम मानिसहरु । स्वास्थ्यकर्मी र सुरक्षाकर्मी भने नपाएको सास्ती खेपिरहेका छन् ।



लकडाउनमा अघिपछिको समयमा सधैँ भीडभाड देखिने मुख्य पर्यटकीयस्थलहरू सुनसान छन्। अरू बेला घुइँचो लाग्ने पाटन दरबार स्क्वार क्षेत्र पनि सुनसान देखिन्छ । सरकारले देशलाई चैत २५ गतेसम्म ‘लकडाउन’ गर्ने घोषणा गरेको छ ।
नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या बढ्दै जान थालेपछि सरकारले थप कडाइका साथ लकडाउन कार्यान्वयनको रणनीति बनाएको छ।