युरोपमा रहेका नेपाली कोरोनाको उच्च जोखिममा

काठमाडौं : विश्वभर महा’मारीको रूप लिइरहेको कोरोना भाइरसको प्रत्यक्ष प्रभावका कारण युरोपमा रहेका नेपालीहरु उच्च जो’खिममा परेका छन्। चीनको उहान शहरबाट शुरु भएको कोरोनाको स’ङ्क्रमण पछिल्लो समय युरोप र अमेरिकामा तीव्ररूपमा फैलिरहेको छ।

इटाली, स्पेन, फ्रान्स, बेलायत, पोर्चुगललगायत युरोपेली मुलुकहरुमा कोरोना भाइरसको स’ङ्क्रमण बढेसँगै त्यहाँ रहेका नेपालीहरु उच्च जो’खिममा परेका हुन्। कोरोनाका कारण युरोपमा मानवीय क्षति बढ्दै गएपछि त्यहाँ रहेका गैरआवासीय नेपालीमा थप संक’ट निम्तिन सक्ने ख’तरा बढेको छ।

कोरोनाको महा’मारीका कारण युरोपमा रहेका धेरै नेपाली रोजगारविहीन भएका छन् भने दैनिकीसमेत क’ष्टकर बन्दै गएको छ। कोरोना स’ङ्क्रमणका कारण युरोपमा मात्रै ४० हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्। लाखौँ मानिस प्रभावित भएका छन्। यसको महा’मारीबाट विश्वमै सबैभन्दा बढी मानवीय क्षति युरोपमा भएको छ।

इटालीमा कोरोनाको सङ्क्रमण र मृत्युदर भयावह देखिए पनि त्यहाँ रहेका नेपालीहरू भने सुरक्षित नै रहेको गैरआवासीय नेपाली संघका इटालीका अध्यक्ष देव गुरुङले जानकारी दिए। गुरुङका अनुसार इटालीमा १५ सयको हाराहारीमा नेपालीको बसोबास रहेको अनुमान छ। गैरआवासीय नेपाली संघका युरोप क्षेत्रीय संयोजक नारायण आचार्यले कोरोनाका कारण सिंगो युरोप नै सं’कटमा गुज्रिरहेकाले नेपालीहरु पनि उच्च जो’खिममा रहेको बताए।

आचार्यका अनुसार कोरोनाबाट आइपर्न सक्ने सम्भावित सं’कटलार्ई मध्यनजर गरेर युरोपमा रहेका नेपालीहरुको राह’त र उ’द्धारका लागि ५० हजार युरो बराबरको आपत’कालीन कोष स्थापना गर्ने निर्णय भएको आचार्यले बताए ।

सम्बन्धित खवर

Back to top button