कोरोनाको विपत्तिलाई चिर्न मोदीले गरे दीप प्रज्वलन

काठमाडौं : कोभिड-१९ कारण विश्वभर ६७ हजार २ सय ५३ जनाले समाचार तयार पार्दासम्म ज्यान गुमाईसकेका छन् । १२ लाख ३६ हजार ८ सय बयालीस जना संक्रमित भएका छन् । २ लाख ५५ हजार ६ सय १९ निको भैसकेका छन् ।

कोरोना भाइरस यति खत’रानाक भैदियो कि विश्वभरीमै मानव जातिको अस्तित्व संकटमा पर्न थालेपछि विभिन्न देशहरुले रोकथामका आ-आफ्नै तौरतरिका अपनाएर अगाडि बढ्न खोजेको देखिन्छ ।

कोरोना भाइरसका कारण भारत संकटको घडीमा रहेका बेला त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार राति दीप प्रज्वलन गरेका छन्। उनले राति ९ बजेर ९ मिनेटमा दीप प्रज्वलन गरे।

मोदीले संकटको घडी सबै एकसाथ रहन भन्दै रोशनी उजागर गर्न आह्वान गरेका थिए। भारतीय समय अनुसार आइतबार राति ९ बजे ९ मिनेटमा घरको बत्ती निभाएर मैनबत्ती, दियो, मोबाइल फोनको टर्च जलाइएको थियो।

सम्बन्धित खवर

Back to top button