कोरोना संक्रमित बेलायती प्रधानमन्त्री अस्पताल भर्ना

काठमाडौं : कोरोना संक्रमित बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई अस्पताल भर्ना गरिएको छ । १० दिन अघि कोरोनाको संक्रमण देखिएका प्रधानमन्त्रीलाई निको नभएपछि अस्पताल भर्ना गरिएको जनाइएको छ ।

१० दिनअघि उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । यति दिन बित्दा पनि लक्षण देखिएपछि पुनः परीक्षणका लागि प्रधानमन्त्री जोन्सन आइतबार बेलुका लण्डनको अस्पतालमा गएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।

ज्वरोसँगै उनमा कोरोना भाइरसका अरु लक्षण पनि लगातार देखिइरहेका छन् । सावधानीका लागि डाक्टरको सल्लाह अनुसार नै जोन्सनलाई अस्पताल भर्ना गरिएको जनाइएको छ ।

प्रधानमन्त्री जोन्सन नै सरकारको हर्ताकर्ता रहने छन्, तर सोमबारको कोरोना भाइरस सम्बन्धी बैठकको अध्यक्षता भने विदेश मन्त्रीले गर्ने जनाइएको छ ।

बाघमा पनि कोरोना भएको पुष्टि

बाघमा पनि कोरोना भएको पुष्टि भएको छ । अमेरिकाको न्यूयोर्कमा रहेको ब्रोन्क्स चिडियाघरमा रहेको एउटा बाघमा पनि कोरोनाकाे सङ्क्रमण देखिएकाे पुष्टि भएको हो ।

चार वर्षकाे पोथी बाघमा कोरोना भएको पुष्टि भएको बीबीसीले जनाएको छ ।

सम्बन्धित खवर

Back to top button