बलिउडका मेगास्टार अमिताभले १ लाख मजदुरलाई सहयोग गर्दै


काठमाडौं : बलिउडका मेगास्टार अमिताभ बच्चनले फिल्म क्षेत्रमा जोडिएका १ लाख मजदुरलाई सहयोग गर्ने भएका छन् । उनले सोनी पिक्चर्स इन्डिया कल्याण ज्वेलर्सलाई समर्थन गर्दै खाद्यान्न उपलब्ध दिने बताएका हुन् ।
सोनी पिक्चर्सले यसबारेमा ट्वीट गर्दैै जानकारी दिएको छ । अमिताभले देशभरका एक लाख घरमा महिनाभरको रासन पुर्याउनेछन् ।



A unique visual experience awaits you. Something that is being attempted for the very first time. To know more, tune-in to SONY Pictures Networks channels, on Monday, 6th April, at 9 PM @SrBachchan @priyankachopra @aliaa08 @Mohanlal @sonalikulkarni @prosenjitbumba @diljitdosanjh pic.twitter.com/aDbZMmD4z1
— SonyTV (@SonyTV) April 5, 2020
अमिताभले सोनी टिभीमा ‘कौन बनेगा करोडपछि’ रियालिटी शो को होस्ट गर्दै आएका छन् ।
यता सामाजिक सञ्जालमा भने अमिताभ बच्चन ट्रोल हुँदै आएका थिए । किनकि, अन्य कलाकारले सहयोगको हात फैलाउँदा पनि अमिताभले केही बोलेका थिएनन् ।
T 3492 – We are ONE ‘FAMILY’ .. but this is our effort for a bigger ‘FAMILY’ https://t.co/9YYIzJSYGN
— Amitabh Bachchan (@SrBachchan) April 5, 2020