कोरोना रो’कथाम कोषमा एक अर्ब ३२ करोड जम्मा

काठमाडौं, २४ चैत : सरकारद्वारा स्थापना गरिएको ‘कोरोना भाइरस सङ्क्रमण रो’कथाम तथा उपचार कोष’मा अहिलेसम्म रु एक अर्ब ३२ करोड १२ लाख २२ हजार ६३७ जम्मा भएको छ ।

कोरोना भाइरसको स’ङ्क्रमण रो’कथाम, नि’यन्त्रण तथा उप’चारका लागि सहयोग गर्न सरकारले स्थापना गरेको उक्त कोषमा आइतबार मात्र रु १३ करोड १७ लाख ११ हजार ७५० जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्र पौडेलले जानकारी दिए ।

उनका अनुसार नेपाल दुरसञ्चार कम्पनी लिमिटेडले रु १२ करोड, नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीले रु ५० लाख, सिभिल बैंक लिमिटेडले रु ४३ लाख ५० हजार, मेलम्ची नगरपालिकाले रु आठ लाख दुई हजार ९४८ र दुर्गाबहादुर क्षेत्रीले रु तीन लाख कोषमा जम्मा गरेका छन् ।

त्यस्तै कोषमा नाम नखुलेका तथा एक लाखभन्दा कम सहयोग गर्ने विभिन्न व्यक्ति/संस्थाबाट कूल रु १२ लाख ५८ हजार ८०२ जम्मा भएका छन् । कोरोना भाइरस स’ङ्क्रमण रो’कथामका लागि सरकारले रकम जम्मा गर्न आ’ह्वान गरेपछि कोषमा रकम जम्मा हुनेक्रम बढेको छ । रासस

सम्बन्धित खवर

Back to top button