युएईमा थप ३ नेपालीमा कोरोना संक्रमण


काठमाडाैं, २४ चैत : युएईमा थप ३ जना नेपालीमा कोरोना भाईरसकाे संक्रमण पुष्टि भएको छ । यो सँगै युएईमा कोरोना संक्रमित नेपालीको सख्या ११ पुगेको युएई स्थित नेपाली दूतावासले जनाएको छ।
हालसम्म यूएईमा २ जना नेपाली उपचार पश्चात निको भएका छन् । ९ जनाको स्थिति सामान्य अवस्थामा उपचार भइरहेको दूतावासले जनाएको छ।



अहिलेसम्म यूएईमा १७९९ कोरोना जना संक्रमित भएका छन् । संक्रमितमध्ये १४४ जना उपचारपश्चात निको भएका छन् भने १० जनाको मृ’त्यु भएको छ ।








