बझाङमा लकडाउन उल्लंघन गर्दै बान्नीकी चैतली मेला

बझाङ , २५चैत्र : सरकारले कोरोना रोकथाम तथा नियन्त्रण गर्न बैशाख ३ गतेसम्म लकडाउन लम्बाउने निर्णय गरिरहँदा बझाङमा भने भव्य मेला लागेको छ। यतीबेला बझाङमा मनाइने ऐतिहासिक तथा धार्मीक मेलामा स्थानीयको भिड लागेको छ।

सरकारले लकडाउन घोषणा गरेर देशभर कुनैपनि कार्यक्रम, सभासम्मेलन तथा अनावश्यक भिडभाड गर्न रोक लगाएको छ। तर जिल्लाको छविसपाथिभेरा गाउँपालिका– ३ मा मनाइने बान्नीकी चैतलीमा भने स्थानयीको खचाखच घुइँचो लागेको थियो।

यसविषयमा गाउँपालिका उपाध्यक्ष राधिका रताला जोशीले गाउँपालिकाले यसपालिको चैतली मेलामा भिडभाडगरि मनाउन रोक लगाएको भएपनि स्थानीयले अटेरी गरेको बताइन। आफूहरुले गाउँपालिकाका विभिन्न नाकाहरुमा प्रहरी परिचालन गरेको तर स्थानीय चोरबाटो प्रयोग गरेर मेलामा उपस्थित भएको उनले बताइन।

सम्बन्धित खवर

Back to top button