दुईसाता जो’खिम हुनसक्ने भन्दै चनाखो हुन प्रधानमन्त्रीको आ’ग्रह

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दुई साता हाम्रा लागि कोभिड-१९ जो’खिमपूर्ण हुने बताएका छन्। मंगलबार ११ बजे देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना भाइरसको संक्र’मण आगामी दुईसाताका लागि जो’खिमपूर्ण हुने बताएका हुन् ।

समुदायमा फैलिने क्रम बढ्न सक्ने भन्दै प्रधानमन्त्री ओलीले थप चनाखो हुन जरूरी भएको समेत बताए ।

‘दुई सातादेखि देश लक डाउनमा छ। हामी सबैलाई थाहा छ यो अपरिहार्य कदम हो,’ उनले भने।

प्रधानमन्त्री ओलीले सबैको सहयोगले अहिलेसम्म कोरोना भाइरसको सं’क्रमण ९ जनामा सीमित राख्न सकिएको बताए । उनले लकडाउनलाई पूर्ण रुपमा पालना गर्न पनि आ’ग्रह गरेका छन् ।

सम्बन्धित खवर

Back to top button