‘जनताको समस्याप्रति गम्भीर नहुनु दु:खद’

काठमाडौं, २५ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनप्रति पूर्वराजा ज्ञानेन्द्र शाह आफू असन्तुष्ट भएको टिप्पणी गरेका छन् । पूर्वराजा शाहले प्रधानमन्त्री ओलीको सम्बोधन लगत्तै ट्विटरमार्फत आफ्नो असन्तुष्टि ब्यक्त गरेका हुन् ।

उनले लेखेका छन्,”कोरोना संक्रमणको विपतका यस घडीमा आफ्ना नागरिक प्रति सरकारको विशेष चासो हुनु सह्रानीय छ तर आम नागरिकको दैनिक समस्या प्रति सम्बोधन नहुनु निराशाजनक हो। राज्यको करप्रणालीको अति ठूलो हिस्सा दैनिक खानपानको समस्याबाट गुज्रिरहेको छ जसमा सरकारको ध्यान अत्यन्त न्यून देखिनु दुःखद् पक्ष हो ।”

सामाजिक संजालमार्फत् आफ्नो धारणा राख्दै पूर्वराजा शाहले सरकारले नागरिकको दैनिक समस्याप्रति सम्बोधन नै गर्न नसकेको आ’रोप लगाएका छन् । उनले राज्यको कर प्रणालीको अति ठूलो हिस्सा दैनिक खानपानको समस्याबाट गुज्रिरहँदा पनि सरकारको ध्यान भने जान नसकेको टिप्पण गरेका छन् ।

सम्बन्धित खवर

Back to top button