कोरोना बिरुद्ध खनाल अभियान जारी : निजी क्षेत्रको व्यवसायीक टिम सहित सक्रिय ,

कोहलपुर, २५ चैत  :  कोहलपुरका व्यावसायी बिष्णु प्रसाद खनाल लगायतको टिमले कोहलपुर नगरपालिकाको बिभिन्न क्षेत्रमा कोरोना भाईरस लागायत अन्य रोग बिरुद्ध हाईड्रक्लोरीक सोडियम नामक औषधी छर्केर सेनिटाईज गर्ने अभियान निरन्तर चलाइरहेका छन्।

यस अवधिमा गरेको कार्यको सबै बजारबासी एवं व्यावसायिले प्रशंसा गरेपनि  खनाल एक पुरानो स्थापित व्यवसायी र  सम्पुर्ण व्यापारिहरुको प्रतिनिधित्व गर्ने एक मात्र संस्था  उधोग वाणिज्य संघ कोहलपुरको पुर्ब महा – सचिव समेत रहेका र हाल आउदो चुनावको  समेत अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका उनले वजारमा  सरकारलाइ कर समेत  नतिरि मनपरि भाडा असुल्दै घ आएका धनि  र महामारी (लकडाउन) बाट बन्द भएका उधमी ब्यबसायी र पसलेहरुको भाडा समायोजनमा कस्तो भुमिका खेल्न सक्ने हुन सबैको  चासो रहेको छ ।

नगरपालिका संगको  समन्वयम  उधोग वाणिज्य संघ कोहलपुरका  अध्यक्षका  उम्मेदवार समेत रहेका खनाल लगायत नेपाल तथा साना उद्योग घरेलु महासंघ नगर कमिटी महा सचिव  CM Upadhyay लगायतको अभिनय टोलिले  बिगत ५ दिन देखि नै सेनिटाईज गर्ने अभियानसुरु गरेकाे हो । अभिनयमा धौलागिरी हार्डवयरका यमनाथ पौडेल , राजनितिज्ञ एंव समाज सेवी शेषकान्त्त शर्मा , कोहलपुर ११ को दुर्गा मोटर पार्टका सञ्चालक जगन्नाथ खतिवडा ,  श्रृष्टी मोटर पार्टसका सञ्चालक बिकास बुढाथोकी लगायतले साथ दिएका छन ।

हाते मेसिनले औषधी छर्केकोमा हाल गाडी मार्फत ठुलो मेसिनले कोहलपुर नगरालिका को मुख्य प्रशासनिक तथा आवासीय स्थानहरुमा किटाणु रहित औषधी छर्किरहेका छन । खनालको  नेतृत्वमा चालिएको अभियानमा कोहलपुरका  दर्जन बढी व्यावसायि तथा स्थानीयहरुले  साथ दिएका छन । हाल सम्म चप्परगौडी बजार क्षेत्र ,  गन्दर्भबस्ती , लोक नगर कमैया बस्ती , ईलाका प्रहरी कार्यालय कोहलपुर बजारक्षेत्र र  साझा चोक लगायतका क्षेत्रमा औषधी छर्कि सकेका छन् ।

व्यावसायिका अनुसार यस अवधिमा गरेको कार्यको सबै बजारबासी एवं व्यावसायिले प्रशंसा लायक रहे संगै  खनाल एक पुरानो स्थापित व्यवसायी र  सम्पुर्ण व्यापारिहरुको प्रतिनिधित्व गर्ने एक मात्र संस्था  उधोग वाणिज्य संघ कोहलपुरको पुर्ब महा – सचिव समेत रहेका र हाल आउदो चुनावको  समेत अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका उनले वजारमा  सरकारलाइ कर समेत  नतिरी  मनपरी भाडा असुल्दै आएका घर धनि  र महामारी (लकडाउन) बाट बन्द भइ ठप्प भएको ब्यबसायी र पसलेहरुको चुनौतीका रुपमा रहेको भाडा  समायोजनमा  के कस्तो भुमिका खेल्न सक्ने हुन सबैको  चासो रहेको छ ।

हाल बजारमा अधिकांश घरधनीहरुले नियम अनुसार को सरकारी कर नै नकटाइ १० देखि २०% सम्म बाहाल बढाएर मनपरी भाडा असुली गर्दै आएका छन् भने  उचित भाडा समायोजन लगायत व्यवस्थित बजार योजनामा उधोग वाणिज्य संघ कोहलपुरले  हलसम्म कुनै नौलो र व्यावसायिहरुको हित अनुकूलको कार्य गर्न नसकिरहेको आम व्यावसायि हरुको ठहर छ।

अहिलेको यस परिस्थितिमा व्यावसायको हित गर्न सक्ने क्षमता भएको सामाजिक ब्यक्तित्वको खोजी भने सबैले गर्नुपर्ने आवश्यकता रहेको व्यापारिहरु बताउँछन्।

सम्बन्धित खवर

Back to top button