बितेको १२ घन्टामा मात्र चार हजार थप मानिसको मृत्यु :संक्रमित संख्या १४ लाख पुग्यो।


एजेन्सी, २५ चैत्र : विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८२ हजार पुग्न लागेको छ । बितेको १२ घन्टामा चार हजार थप मानिसको मृत्यु भएको छ।
पछिल्लो तथ्यांक अनुसार मृतकको संख्या ८१ हजार नाघेको छ । संक्रमित संख्या १४ लाख पुगेको छ । निको हुनेको संख्या ३ लाख पुग्न लागेको छ ।



अमेरिकामा मात्र १२ भन्दा बढीको मृत्यु भइसकेको छ । अमेरिकामा बितेको १२ घन्टाभित्र थप १ हजारको मृत्यु भएको छ ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अबको दुई हप्ता अवस्था डरलाग्दो हुने बताएका थिए । ह्वाइट हाउसले दुई लाख भन्दा बढी मानिसको मृत्यु हुने अनुमान सार्वजनिक गरिकेको थियो ।
नेपालमा पनि भयानकरुप लिनसक्ने सम्भावना भएकाले सबैले आ-आफ्नो क्षेत्रबाट सरकारको आदेशको पुरापालाना गरि जो जहाँ छन त्यही बस्न प्रधानमन्त्री केपी शर्मा ओलीले आज जनताको नाममा सम्बोधन गर्दै आग्रह गरेका छन्।








