कोरोना भाइरस पैसामा चारदिनसम्म रहन सक्छ !

काठमाडौं : विश्वमा महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड-१९) रहस्यमय रोग रहेको छ । यसले आम मानिसलाई आश्चर्यमा पारेको छ । यो हावामा बहने, ३ घण्टासम्म रहने सक्ने, खोक्दा ४/५ फिटको दुरीमा सर्न सक्ने यसको विशेषता रहेको छ ।

त्यति मात्रै होइन । यसको लक्षण १४ दिनपछि मात्रै पनि देखिन सक्छ । सुख्खा खोकी, उच्च ज्वरो, सास फेर्न गाह्रो, नाकको सुघ्ने शक्ति ह्रा’स आदि यसका लक्षण हुन् ।

कोरोना भाइरसबाट बच्नका लागि हामीले अहिले धेरै सा’वधानीहरु अपनाइरहेका छौँ । तर, कहिलेकांही यी सावधानीहरुबीच पनि पैसाको नोटबाट कोरोना भाइरस संक्रमित हुँदैन भन्ने सोचिरहेका हुनसक्छौँ ।

तर, चीनमा भएको एक अध्ययनले पैसाको नोटबाट पनि कोरोनाभाइरस संक्रमण हुन सक्ने बताएको छ । अनि त्यो अध्ययनमा कोरोनाभाइरस पैसाको नोटमा चार दिनसम्म बाँँच्न सक्ने पनि बताइएको छ ।

सम्बन्धित खवर

Back to top button