सांसद आलेले पठाए लाखौंका स्वास्थ्य सामग्री


डडेल्धुरा, २६ चैत्र : डोटीबाट निर्वाचित नेकपाका प्रतिनिधिसभा सदस्य प्रेम बहादुर आलेमगरले जिल्लाका अस्पताल र स्वास्थ्य संस्थाहरुका लागि आवश्यक पर्ने स्वास्थ्य समाग्री पठाएका छन्। कोरोनाको विश्व व्यापी महामारीमा नेपालमा पहिलो पटक सुदूरपश्चिम पनि दोस्रो चरणमा प्रवेश गरेका बेला सांसद आलेमगरले उपचारमा खटिने स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षार्थ आवश्यक पर्ने समाग्रीहरु काठमाडौंबाट हेलीकोप्टर मार्फत डोटी पठाएका हुन्।
संघीय सांसद प्रेमबहादुर आलेमगरले डोटी जिल्लामा कोरोना भाइरस (कोभिड–१९) को उपचार तथा नियन्त्रणका लागि अभियानमा खटिएका चिकित्सक टोलीलाइ पर्याप्त स्वास्थ्य सामाग्री नहुँदा समस्या भएपछि सांसद आलेले २ सय बोटल सेनिटाइजर, पिपिई एकसय १० थान, गम बुट ३५ जोडी, हेड क्याप हजार थान, ग्लोब्स १२ सय जोडी, र फुट क्यप एक हजार जोडा,मास्क १२ सय थान,साइरेक्स पाउडर ३० बोतल र स्वाव परीक्षण गर्ने भिटिएम ३०५ थान सामग्री प्रमुख जिल्ला अधिकारी टेकनारायाण पौडलमार्फत उपलब्ध गराएका हुन् । बुधबारै ती सामग्रीहरु सम्बन्धित अस्पताल तथा स्वास्थ्य संस्थामा पुग्नेछन् । यी सामग्री उपलव्ध भएपछि डोटी जिल्लामा स्वाव परीक्षणका संकलन गरिने छ ।



स्वास्थ्य सामग्रीहरु सांसद आलेले व्यक्तिगत लगानीमा हेलिकोप्टरमार्फत जिल्ला पठाएका हुन् । त्यसका लागि उनले विभिन्न मन्त्रालयका साथै सचिवहरुसँग स्वास्थ्य सामग्री जिल्लामा पठाउन आग्रह गरेका थिए । बुधबार सामग्री हस्तानतरणपछि सांसद आलेमगरले भारतबाट फर्किएका जिल्लाका क्वारेन्टाइनमा रहेका सबै स्थानीय नागरिकको स्वाव संकलन गर्न सकिने प्रतिकृया दिए । उनले जिल्लामा चिकित्सका लागि आवश्यक पर्ने अन्य स्वास्थ्य सामग्री आवश्यक परे क्रमिक रुपमा उपलब्ध गराउन पहल गर्ने बताए ।
स्वास्थ्य सामग्री बुझ्दै जिल्लामा चिकित्सकहरुलाइ बिरामी चेकजाँच सहित कोरोना नियन्त्रण अभियानमा सहज हुने जिल्ला स्वास्थ्य कार्यालय डोटीका स्वास्थ्य अधिकृत रमेश मलासीले बताए । यसअघि पनि आलेले विभिन्न समस्यामा परेकाहरुलाई आर्थिक सहयोग गर्दै आएका थिए ।








