ह’तियारसहित वडा अध्यक्ष प’क्राउ

कैलाली, २६ चैत : कोरोनाको म’हामारी विश्वभरी फैलिरहेको बेला नेपालले समेत उच्च सतर्कता अपनाउँदै देश पूरै लकडाउन गरेको छ । यस्तो बेला कैलालीमा भने एकजना वडा अध्यक्ष हतियारसहित पक्राउ परेका छन् । गोदावरी नगरपालिकामा वडाध्यक्ष हतियारसहित पक्राउ परेका छन् । वडा नम्बर १० का अध्यक्ष रवीन्द्र शाही गुड्ड २ थान ह’तियारसहित पक्राउ परेका हुन् । वडाध्यक्ष शाहीलाई स’शस्त्र प्रहरीले कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ४ र ५ को सीमानजिकै रोकिराखेको भारतीय नम्बर प्लेटको गाडीबाट बुधबार पक्राउ गरेको हो ।

उनलाई २ थान बन्दुक र ८२ हजार रुपैयाँसहित प’क्राउ गरिएको सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीले जनाएको छ । वडाध्यक्ष शाहीबाट डीएल ३ सीसीआर ३९९७ नम्बरको टोयोटा फरच्युन गाडीमा प्वाइन्ट टुटु एलआर एक थान, त्यसको गोली १४ थान तथा एयर गन १ थान र त्यसको छर्रा १९६ थान ब’रामद भएको स’शस्त्र प्रहरी उपरीक्षक वीरबहादुर साउदले जानकारी दिए ।

प्रहरीले उनको साथबाट गाडीबाट नेपाली १ हजार दरका ७१ हजार, ५ सयको नोट ५ हजार ५ सय, मेगा बैंकको एटीएम कार्ड एउटा, हिमालयन बैंकको एटीएम कार्ड एउटा, एनआईसी एसिया बैंकको एटीएम कार्ड २ वटा, गरिमा विकास बैंकको एटीएम कार्ड एउटा, आर इन्डियन बैंकको एटीएम कार्ड एउटा र आईएमई कार्ड एउटा बरामद गरेको छ ।

सम्बन्धित खवर

Back to top button