आइतबारदेखि भरी सिलिन्डर ग्याँस

काठमाडौं, २६ चैत : यसअघि बजारको अभावलाई मध्यनजर गर्दै आधा सिलिन्डर ग्याँस दिने निर्णय भएकोमा आइतवारदेखि पुन: भरी सिलिन्डर ग्यांँस पाइने भएको छ । नेपाल आयल निगमले आइतबारदेखि भरी सिलिन्डर ग्यास वितरण गर्न निर्देशन दिएको हो ।

निगम सञ्चालक समितिको बुधवारको बैठकले पूरै तौलको सिलिन्डर विक्री गर्ने निर्णय गरेको हो । निगमले सबै ग्यांँस उद्योगीहरुलाई विहीवारदेखि नै भरी ग्यास सिलिन्डर भर्न निर्देशन दिएको छ ।

कोरोना भाइरस महा’मारी र लकडाउनका कारण खाना पकाउने ग्यांँस अभाव देखिएपछि निगमले आधा सिलिन्डर ग्यांँस विक्री वितरण गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित खवर

Back to top button