बझाङमा मेला सञ्चालन गरेको आरोपमा जनप्रतिनिधि सहित ९ जना पक्राउ

बझाङ, २६ चैत : बझाङको प्रसिद्ध छबिसपाथिभेरा गाँउपालिकामा लाग्ने धार्मिक मेला बान्नीकी चैतली सञ्चालन गरेको आरोपमा जनप्रतिनिधि, पुजारी र मन्दिर संरक्षण समितिका पदाधिकारीहरु सहित ९ जना पक्राउ परेका छन् ।

कोरोना भाइरस कोभिड १९ को महामारी फैलिन नदिन लकडाउन भए पनि त्यहाँका स्थानीय बासिन्दाले लडकडाउन उल्लङ्घन गरेपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नेत्रबहादुर बोहराले बताउनुभयो ।

पक्राउ पर्नेमा छबिसपाथिभेरा गाँउपालिका वडा नम्बर २ का वडाध्यक्ष विकास ऐडी, वडा नम्बर ३ का वडाध्यक्ष केशब राज जोशी, वडा नम्बर ४ का वडाध्यक्ष अम्मरराज थापा र वडा नम्बर ५ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता लोकेन्द्रबहादुर ठगुन्ना रहेका छन् ।

जनप्रतिनिधिसँगै बान्नी मष्टा मन्दिरका पुजारी निर्पप्रसाद जोशी र उनका दुईजना सहयोगी पण्डित डम्बरबहादुर धामी र पुजारी जयकृष्ण जोशी लगायत स्थानीय ईन्द्रबहादुर सिंह र मन्दिर संरक्षण समितिका सचिव राजेन्द्रबहादुर सिंहलाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

Back to top button