हावाहुरीले उडायो स्कुलको छाना


जाजरकोट, २६ चैत : जिल्लाको कुशे गाउँपालिका ५ पशुपति माध्यामिक विद्यालयको छाना हावाहुरीले उडाएको छ । बुधबार अपराह्न लागेको हावाहुरीले दम्दालामा रहेको पशुपति माविको छाना उडाएको हो ।
अपराह्न एक्कासी लागेको हावाहुरीले स्कुलको छाना उडाएको स्थानीय चक्र थापाले बताए । थापाका अनुसार विद्यालयको मुख्य भवनका रुपमा रहको छाना उडाएको हो ।



टिनले छाएको छाना उडाएपछि विद्यालयलाई क्ष’ति पुगेको बताइएको छ । विद्यालयका छाना उडाउँदा लकडाउन खुलेपछि पनि ठनपाठन कार्य प्रभावित हुने समेत बताइएको छ । हावाहुरीले छाना उडाउदा लाखौँको क्षति भएको बताइएको छ ।








