‘स्वास्थकर्मी र सुरक्षाकर्मीबाट आर्थिक सहयोगको आश राख्नु हुन्न’

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरूबाट सरकारले आर्थिक सहयोगको आशा राख्न नहुने बताएका छन् । बुधवार राति ट्विट गर्दै पूर्वराजा शाहले यस्तो कुरा बताएका हुन् ।

पूर्वराजा शाहले उनीहरूलाई कर्तव्य पथमा विचलित पार्न सक्ने भन्दै इच्छुक व्यक्ति वा समुदायसँग मात्र यस्तो अपेक्षा राख्न उत्तम हुने बताएका हुन् ।

बुधवार राति ट्विट गर्दै पूर्वराजा शाहले भनेका छन् ‘स’ङ्कटको यस घडीमा अहोरात्र खटिने स्वास्थ्यकर्मी तथा सुरक्षा निकायका व्यक्तिहरूसँग सरकारले कुनै आर्थिक सहयोगको आशा राख्नु हुन्न जसले उनीहरूलाई कर्तव्य पथमा विचलित पारोस्। राज्यले आफ्नो श्रोत, साधनको सही सदुपयोग र इच्छुक व्यक्ति वा समुदायसँग मात्र यस्तो अपेक्षा राख्नु उत्तम हुनेछ।’

पछिल्लो चरणमा पूर्वराजा ज्ञानेन्द्रले देशका नागरिकप्रति चासो र चिन्ता प्रकट गरिरहेका छन् । निरन्तर सरकारको गलत कदमविरुद्ध आवाज उठाइरहेका छन् । उनी आफैले निरंकुश शासन लादेकै कारण जनताले नागार्जुनतिर लखेटेका थिए ।

सम्बन्धित खवर

Back to top button