बहराइनमा थप १० जना नेपालीमा कोरोना सङ्क्रमण


काठमाडौं : विश्वभरी कोभिड-१९ ले म’हामारी रुप लिइरहेका बेला बहराइनमा थप १० जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासका अनुसार योसँगै बहराइनमा सङ्क्रमित नेपालीको सङ्ख्या २२ पुगेको छ ।
यसअघि बहराइनमा १२ जना नेपालीमा सङ्क्रमण देखिएको थियो । केही समयअघि सल्माबादको एक म्याम्पमा एक जना विदेशीलाई कोरोना सङ्क्रमण देखिएपछि त्यहाँ कार्यरत सबै श्रमिकलाई क्वारेन्टीनमा राखेर कोरोना परी’क्षण गरिएको थियो । यसमध्येबाट बुधबार थप १० जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको राजदूत सुन्दासले जानकारी दिए ।



यस्तै बहराइनले ७ अप्रिलदेखि लागू हुनेगरी सन् २०२० भरी नै अवैधानिक रुपमा बसेकालाई बहराइन छोड्न वा वैधानिक हुने अवसर दिइएको पनि बहराइन रहेको दूतावासले जनाएको छ ।
बहराइनले कोरोना रो’कथामका लागि नियममा थप कडाइ गरेको छ । सङ्क्रमितले क्वारेन्टीनमा नबसेमा तीन महिना जे’ल सजाय र एक हजारदेखि १० हजारसम्म बहराइन दिनार जरिबाना हुनेछ ।
त्यहाँ कुनै पनि भेला सभा समारोह गर्न रो’क लगाइएको छ । शैक्षिण संस्थाहरु बन्द छन् भने शैलुन, जिमदेखि सार्वजनिक ठाउँहरु पनि बन्द छन् । कोरोनाको कुनै लक्षण देखिएमा बहराइनको टोल फ्रि नम्बर ४४४ मा सम्पर्क गर्न सकिन्छ । अन्य कुनै समस्या भएमा दूतावासमा सम्पर्क गर्न अ’नुरोध गरिएको छ ।








