तातोपानी ना’काबाट स्वास्थ्य सामग्री भित्रिए


चौतारा, २७ चैत : तीन महिनादेखि ब’न्द तातोपानी ना’काबाट कोरोना भाइरस (कोभिड –१९) सम्बन्धी स्वास्थ्य सामग्री नेपाल भित्रिएको छ । चीनको खासाबाट बुधबार अपराह्न १९ बाकस मास्क र १० बाकस स्यानिटाइजर नेपाल भित्रिएको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।
चीनको हुबेई प्रान्तको वुहान शहरमा गत डिसेम्बर अन्तिममा शुरु भएको नोबेल कोरोना भाइरस सं’क्रमण भएपछि गत माघ १३ गतेदेखि उक्त ना’का ब’न्द भएको थियो । माघ १५ गते ना’कामा स्वास्थ्य सहायता कक्ष राखिए पनि भरपर्दो नभएको भनी जनगु’नासो बढेपछि भोटेकोशी गाउँपालिकाले विश्व स्वास्थ्य संगठनबाट मान्यताप्राप्त सामान उपलब्ध गराएको थियो ।



हाल एक चि’कित्सकसहित तीन स्वास्थ्यकर्मी रहने गरी कक्ष सञ्चालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले बताएका छन् ।
ती सामान पहिले नै चीनको खासामा आएर रो’किएको थियो । अत्यावश्यक सामान विशेष सतर्कता अपनाई चीनबाट झिकाउन पाउनुपर्छ भन्ने मान्यता राखी सबै पक्षसँग समन्वय गरिएकाले अन्य सामान पनि आयात हुने अध्यक्ष पौडेलले बताए ।
झिकाइएका सामान र भन्सार क्षेत्रमा कीटना’शक औ’षधि छर्कनाका साथै सं’क्रमणबाट जो’गिन विशेष सतर्कता अपनाइएको सीमा सुरक्षा स’शस्त्र प्रहरी गुल्मका प्रहरी नायब उपरीक्षक हरिबहादुर थापाले बताए ।