भिडियो कन्फ्रेन्स मार्फत गाउँपालिका महासंघ बैठक


सुर्खेत, २७ चैत : आधुनिक प्रविधि भिडियो कन्फ्रेन्स मार्फत गाउँपालिका महासंघ कर्णाली प्रदेशको बैठक सम्पन भएको छ । लकडाउनको बिषयलाई लिएर गाउँपालिका महासंघ कर्णाली प्रदेशको बैठक सम्पन्न भएको हो ।
बैठकमा कर्णाली प्रदेश गाउँपालिका महासंघले देश बिदेशमा अलपत्र अबस्थामा रहेका नागरिकहरुलाई सुरक्षित रुपमा घरसम्मा पुर्याउने वातावरण तयार गर्न प्रदेश सरकारलाई आग्रह गरेको छ ।



लकडाउनको बिषयलाई लिएर भिडियो कन्फ्रेन्स मार्फत बसेको गाउँपालिका महासंघको बैठकले यो बि’पत्तिको बेला सीमादेखि देश बिदेशमा अलपत्र अवस्थामा रहेका नागरिकहरुलाई सुरक्षित रुपमा घरसम्मा पुर्याउन आग्रह गरेको गाउँपालिका महासंघका अध्यक्ष भिम बहादुर सेनले जानकारी दिए ।

अध्यक्ष सेनका अनुसार बिषम परस्थितिको बिषयलाई लिएर गाउँपालिका महासंघ कर्णाली प्रदेशको बैठक सम्पन भएको हो । यसले औषधी उपकरणहरुको सहज आपूर्तिको बिषयलाई ध्यानकर्षण गराएको समेत बताइएकाे छ । सेनले भने ‘कर्णाली प्रदेशका समास्या र चुनौति, जो’खिमको अवस्थाबारे छलफल भएको छ ।’
त्यस्तै जटिल परिवेशमा राहतको सावाल, देश बिदेशमा रहेका नागरिकको उ’द्धारको र औ’षधी उपकरणलाई सहज तुल्याउने बिषयमा समेत छलफल भएको बताइएको छ ।








