‘सांसद लगायतको सुविधा कटौ’ती गरी अग्रभागमा काम गर्नेको सुविधा बढाऔं’

काठमाडौं, २७ चैत : आफ्नो जीवनको प्रवाह नगरी अग्रभागमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतको तलबभत्ता र सेवा सुविधा बढाउनु पर्ने कुरामा नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन कुमार थापाले जोड दिएका छन् ।

सामाजिक संजाल फेसबुक मार्फत कांग्रेस सांसद थापाले आफूहरु सांसद लगायत कम जो’खिममा काम गरिरहेकाहरुको तलब सुविधा क’टौती गरी अति जो’खिम मोलेर काम गरिरहेका राष्ट्रसेवकलाई तलबभत्ता, सुविधा र सुरक्षामा बढोत्तरी गरी मनाेबल बढाउन अनु’रोध गरेका छन् ।

उनी लेख्छन् ‘महा’संकटकाे यो घडीमा, हामी सांसद लगायत कम जो’खिममा काम गरिरहेकाहरूको तलब सुविधामा कटौ’ती गरेर आफ्नो जीवनको पर्वाह नगरी अग्रभागमा रहेर कर्तव्यको पालना गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतकाे तलबभत्ता, सुविधा र सुरक्षामा बढोत्तरी गरी मनाेबल बढाउने प्रयास गरौं ।’

सम्बन्धित खवर

Back to top button