सरकारको अपरिपक्व निर्णय : काठमाडौंबाट घर फर्कने आश गरेका निराश

काठमाडौं : सरकारले अपरिपक्व निर्णय गर्दा काठमाडौंंबाट घर फर्कने आश गरेका मानिसहरु निराश भएका छन् । केही समय पहिले उपत्यकाबाट घर जान मिल्ने तर यता आउन नमिल्ने निर्णय गरेको सरकारले दुई दिनको लागि काठमाडौंबाट घर फर्कने निर्णय नै नभएको जनाएपछि अलपत्र मानिसहरु निराश भएका हुन् । शुक्रबार र शनिबार काठमाडौं उपत्यकाबाट घर फर्कन पाउने निर्णय नभएको सरकारले जनाएको छ ।

यसबारेमा निर्णय नै हुन नपाएर सञ्चारमाध्यममा खबर आएको उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोख्रेलको सचिवालयले दावी गरेको छ । तर यसअघि पोखरेलकै सचिवालयले शुक्रबार र शनिबार काठमाडौंंबाट घर फर्कन दिने, तर काठमाण्डौ आउन नपाउने निर्णय भएको जनाएको थियो ।

तर सञ्चारमाध्यमा खबर सम्प्रेषण भएको केही समयपछि फेरि सचिवालयले घर पठाउने निर्णय नभएको जनाएको हो । ‘पक्का निर्णय नभइकन सञ्चारमाध्यममा गयो, निर्णय भएकै छैन’, रक्षामन्त्री पोखरेलको भनाइ उदृत गर्दै उनको सचिवालयले भनेको छ ।

काठमाण्डौ अलपत्र परेकालाई घर फर्कन दिने निर्णय गर्ने तयारी भए पनि विभिन्न प्रदेश र जिल्लाबाट त्यसो नगर्न दबा’ब आएपछि सरकार पछि हटेको बुझिएको छ ।

सम्बन्धित खवर

Back to top button