सुदूरपश्चिमका स्थानीय तहलाई प्रभु बैंकद्धारा खाद्य सामग्री हस्तान्तरण

डडेल्धुरा, २७ चैत : लकडाउनका कारण छाक टार्न समस्या भएका अति विपन्न तथा मजदुरहरुका लागि प्रभु बैंक लिमिटेड सुदुर पश्चिम प्रदेश कार्यालयले सुदूरपश्चिमका १० वटा स्थानीय तहलाई झण्डै ५ लाख बराबरको खाद्य सामग्री हस्तान्तरण गरेको छ ।

विश्वब्यापी रुपमा फैलिरहेको कोराना भाइरस (कोभिड १९ ) को महामारीको फैलिन नदिन सरकारले तीन सातादेखि जारी राखेको लकडाउनका कारण गरीव तथा ज्यालादारी खाने बर्गलाई छाक टार्न समस्या भएको महशुस गर्दै बैंकका तर्फबाट खाद्य सामग्री सहयोग गरेको प्रभु बैंक लिमिटेडका सुदुर पश्चिम प्रमुख नन्दराज जोशीले बताए ।

प्रभु बैंकले कैलालीको धनगढी उपमहानगर पालिका, गोदावरी नगरपालिका, टीकापुर नगरपालिका, बर्दगोरिया गाउँपालिका, कञ्चनपुरको भीमदत्त नगरपालिका, शुक्लाफाटा नगरपालिका, पुनर्वास नगरपालिका, अछामको कमलबजार नगरपालिका, साँफेबगर नगरपालिका र नवदुर्गा गाउँपालिकालाई नवदुर्गा शाखा प्रमुख प्रेम बहादुर साउँद वितरण गरेका थिए।

प्रभु बैंक लिमिटेडका सुदुर पश्चिम प्रमुख जोशीले महा विपत्तिमा राज्यलाई सहयोग गर्नु बैंकको सामाजिक उत्तरदायीत्व भएको महशुस गर्दै संघीय सरकारलाई बैंकका तर्फबाट केन्द्रीय स्तरमा एक करोड रुपैया दिएको र प्रदेशस्तरमा पनि सक्दो सहयोग जारी राखेको बताए ।

प्रभु बैंक नवदुर्गा शाखा प्रमुख प्रेम बहादुर साउँदले नवदुर्गा गाउँपालिका क्षेत्रका गरीव तथा विपन्न परिवारका लागि ९.५ क्विन्टल चामल राहातस्वरुप गाउँपालिका अध्यक्ष कबिन्द्र बिष्टलाई खाद्य सामग्री हस्तान्तरण गरेका थिए ।

राहत सामग्री सहयोगमा गरेकोमा गाउँपालिका अध्यक्ष कबिन्द्र बिष्टले प्रभु बैंकलाई धन्यवाद दिए ।

सम्बन्धित खवर

Back to top button