टिमोर लिस्टेमा अहिलेसम्म एकजना मात्र कोरोना संक्रमित

-शैलेन्द्र विक्रम बिडारी
काठमाडाैं : संसारको एकमात्र त्यस्तो देश जहाँ हालसम्म एकजना मात्र कोरोना संक्रमित रहेका पाइएकाे छ । विश्वमा काेराेनाका कारण ९६ हजार ७ सय ९१ जनाले ज्यान गुमाइ सकेका छन् । १६ लाख १४ हजार ८ सय ५८ जना संक्रमित भएका छन् । ३ लाख ६२ हजार ५ सय ३७ जनालाई निकाे भएकाे छ । २१४ देशमा यसकाे प्रभाव परेकाे पाइन्छ । एशिया महादेशमा पर्ने देश टिमोर लिस्टेमा भने अहिलेसम्म एकजना मात्रै संक्रमित रहेकाे पाइएकाे छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार दक्षिण पूर्वी एशियाली मुलुक टिमोर लिस्टे एउटा मात्र यस्तो राज्य हो जहाँ हालसम्म एकजना मात्र कोरोना संक्रमित रहेका छन् । हाल ती कोरोना संक्रमितको उपचार भइरहेको छ । १३ लाख जनसंख्या रहेको टिमोर लिस्टेमा कोरोना संक्रमित एकजना मात्रै भएका कारण हालसम्म कोरोनाको कारणले मृ’त्‍यु हुने र निको भएर फर्किने संख्या शून्य रहेको पाइन्छ ।

संसारभर कोरोनाको म’हामारी द्रुत गतिमा फैलिएर विकसित तथा शक्तिकेन्द्र राष्ट्रहरुमा हाहाकार मच्चिएको छ । अमेरिका, स्पेन, जार्मनी, फ्रान्स, बेलायत र इटाली जस्ता देशहरुमा हाजारौंको संख्यामा मानिसहरु कोरोना भाइरसका कारण मृ’त्‍युवरण गरिरहेका छन् । लाखाैं मानिसहरु संक्रमित रहेकाे अवस्थामा दिनानुदिन अझै संक्रमितहरु बढ्ने क्रममा छन् ।

 

सम्बन्धित खवर

Back to top button