लकडाउन उल्लंघन गर्नेलाई सम्झाउँदा प्रहरी माथी नै हा’तपात

रौतहट, २८ चैत : मस्दिजमा भी’डभाड नगर्न सम्झाउन गएका प्रहरी माथी नै हा’तपात भएको छ । मुस्लिमहरुको पर्व सबेबारातको पूर्वसन्ध्यामा परोहा नगरपालिका अन्तर्गत तेजापाकड मस्जिदमा भीडभाड नगर्न सम्झाउन गएका प्रहरीमाथि हा’तपात भएको हो ।

मस्दिजमा एकै ठाँउमा सयौंको सङ्ख्यामा मुस्लिम जम्मा भएर नमाज पढिरहेको सूचनाका आधारमा गएका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक मुनमुन सिंहउपर मुस्लिम युवाहले हातपात गरेका हुन् ।

बिहीबार बेलुकी ७ बजे मुस्लिमहरुको एक पर्वको अवसर भन्दै तेजापाकडस्थित एउटा मस्जिदमा एकै ठाँउमा २०० बढी मानिस नमाज पढिरहेका थिए । प्रहरी सहायक निरीक्षक सिंहले लकडाउन उ’ल्लङ्घन नगर्न र भी’ड गर्दा कोरोना भाइरसको सङ्क्रमण बढ्न सक्ने भनी सम्झाइरहँदा केही युवाहले उनी माथि हा’तपात गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

घटनालगत्तै जिल्ला प्रहरी कार्यालय गौर र विभिन्न स’शस्त्र प्रहरी बेसक्याम्पबाट ठूलो सङ्ख्यामा परिचालनपछि अवस्था साम्य भएको प्रहरी उपरीक्षक रविराज खड्काले बताए । प्रहरीमाथि हा’तपात गरेका परोहा नपा–३ का २६ वर्षीय कलाम अन्सारी, सोही ठाँउका १७ वर्षीय साजिद अन्सारी र १६ वर्षीय लालुु अन्सारीलाई निय’न्त्रणमा लिएको रौतहट प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।

अभि’योग लागेका तीनै जना निय’न्त्रणमा रहेको र घटनाको प्रक्रियाअनुसार मु’द्दा चलाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

सम्बन्धित खवर

Back to top button