आज ६ सय ३० जनाको स्वाब परीक्षण

काठमाडौं : आज कोरोनाको आशंका गरिएका ६ सय ३० जनाको स्वाब परीक्षण गरिएको छ । काठमाडौंमा ४०१ र काठमाडौंबाहिर २२९ जनाको नमुना परीक्षण गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आजदेखि प्रदेश नम्बर १ को विराटनगरबाट पनि कोरोना भाइरसको नमुना परीक्षण सुरु भएको छ । विराटनगरको कोशी अस्पतालमा परीक्षण सुरु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए ।

योसँगै देशभर अब ११ ठाउँबाट कोरोनाको परीक्षण सुरु भएको छ । नेपालमा कोरोनाको आशंकामा ३ हजार ५ सय २४ जनाको परीक्षण भएको छ ।

नेपालमा कोरोना सङ्क्रमितको संख्या भने नौ जना नै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तीमध्ये एक जनाको उपचार पछि डिस्चार्ज भइसकेको छ भने ८ जनाको उपचार भइरहेको छ । काठमाडौंमा दुई, बाग्लुंगमा दुई, सेती अञ्चल अस्पतामा चार जनाको उपचार भइरहेको हो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले यस्तो जानकारी गराएका हुन् ।

सम्बन्धित खवर

Back to top button