कोरोनाकोबाट ज्यान गुमाउनेको संख्या एक लाख नाघ्यो

काठमाडौं, २९ चैत : विश्वभरी कोरोना भाइरस (कोभिड-१९) कारण ज्यान गुमाउनेको संख्या एक लाख नाघेको छ । विश्वमा दिनानुदिन द्रुतगतिमा फैलिरहेको कोरोना भाइरसको कारण ज्यान गुमाउनेको संख्या एक लाख नाघेको हो ।

पछिल्लो दुई साता संक्रमितको संख्या र मृत्युदर दुबै बढेको छ । शनिबारसम्म करिब १७ लाख संक्रमित हुंँदा १ लाख ३ हजार जनाको ज्यान गएको छ । संक्रमितमध्ये ७ प्रतिशत मानिसहरुले ज्यान गुमाएका हुन् ।

दोस्रो महिनासम्म संक्रमितमध्ये २ प्रतिशत मृ’त्युदर रहेकोमा बढ्दै ७ प्रतिशतसम्म पुगेको हो ।

चीनको वुहानशहरबाट फैलिएको कोरोना भाइरसबाट तीन महिनामा ५० हजारको पनि मृ’त्यु नभएकोमा पछिल्ला महिना अत्याधिक बढी देखिएको हो ।

सम्बन्धित खवर

Back to top button