नयाँ वर्षको बिहान देशैभरी राष्ट्रिय गान गाउन आह्वान


काठमाडाैं, ३० चैत : कोरोना भाइरस (कोभिड-१९)ले गर्दा विश्व अहिले महा’मारीकाे चरम संक’टबाट गुज्रिरहेकाे छ । संसारभरीका डाक्टर, नर्स, सुरक्षाकर्मी लगायत यसविरू’द्धकाे माे’र्चामा खटिएका छन् ।
नेपालमा पनि काेराेना संक्रमण फैलन नदिन सरकारले लकडाउनको नीति लागू गरेकाे छ । नेपालमा पनि कोरोना संक्रमण राे’कथामकाे अग्रमाे’र्चामा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरू लगायत व्यक्तिहरू खटिएका छन् ।



काेराेना संक्रमण हुन नदिन र दैनिक जीवन सहज बनाउन अग्र’माेर्चामा खटिएकाहरूकाे हाैसला बढाउन नयाँ वर्ष(साेमबार, वैशाख १ गते)को बिहान ८ बजे राष्ट्रिय गान गाएर ऐक्यबद्धता जनाउने कार्यक्रम तय गरिएकाे युएन ग्लोबल कम्प्याक्ट नेपालले जनाएको छ ।
‘युएन ग्लाेबल कम्प्याक्ट नेपाल’ले साेमबार बिहान ८ बजे आ-आफ्नाे घरकाे काैसी, झ्याल वा छतमा उभिएर राष्ट्रिय गान गाउन, बजाउन र अन्तमा एकैसाथ ताली पिट्न अपील गरेकाे छ ।
काेराेना संक्रमण न्यूनीकरण तथा राे’कथामकाे अग्रमाे’र्चामा खटिएका डाक्टर, नर्स, सुरक्षाकर्मी, इमरजेन्सी सेवाका कर्मचारी, सप्लाइमा खटिएका कामदार, सफाइकर्मी लगायतकाे समर्थनमा ऐक्यबद्धता जाहेर गर्न याे अभियान देशभरि एकैसाथ लागू गर्न ‘कम्प्याक्ट नेपाल’ले आह्वान गरेकाे छ । साे समय एफएमहरूबाट समेत राष्ट्रिय गान प्रसारण हुने जनाइएकाे छ ।
यस्तो छ उसले गरेको आह्वान