‘सं’कटमा सँगै ल’ड्न सकिन्छ’


काठमाडाैं, १ बैशाख : प्रमुख प्र’तिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आम नेपालीहरुमा नयाँ वर्षकाे शुभकामना बाँड्दै सं’कटमा सबै एक भएर ल’ड्न सकिने बताएका छन् । उनले स’म्प्रेसन गरेकाे शुभकामना-पत्रमा भनेका छन् ‘नेपाली काँग्रेस जि’म्मेवार प्रति’पक्षी दलका रुपमा रहेर आजको चुनौ’ती सा’मना गर्न ‘सरकारमा सँगै नरहेर पनि सं’कटमा सँगै ल’ड्न सकिन्छ’ भन्ने भावना र दृष्टिकोणका साथ सरकारलाई हरसम्भव सघाइरहेको छ । यु’द्धस्तरमा कार्य गर्न सरकारलाई सु’झाएकाे छ तर उत्तिकै धैर्य पार’दर्शिता एवं विधि प्रक्रियाकाे पालना गर्न स’चेत गराएकाे छ ।’
कांग्रेस सभापति देउवाले नयाँ वर्ष विसं २०७७ काे पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै विश्वव्यापी महा’मारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सं’क्रमणवि’रुद्ध सबै एक’जुट भएर ल’ड्न आवश्यक रहेको बताएका हुन् ।



पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले यतिबेला सम्पूर्ण विश्व नै प्रा’णघा’तक कोरोना भाइरस (कोभिड–१९) बाट आ’क्रान्त रहेको र यस वर्षको अन्तिम दिनसम्म विश्वका करीब १८ लाख व्यक्ति सं’क्रमित तथा एक लाखभन्दा बढी व्यक्तिको मृ’त्यु भएको दुःखदायी घ’टना विश्वले व्य’होर्नुपरेको बताएका छन् । उनले भनेका छन् “कोरोनाको सं’क्रमणका कारण विदेशमा १४ नेपालीको मृ’त्यु, ६६५ जना सं’क्रमित तथा स्वदेशभित्र पनि १२ जनामा कोरोना पो’जिटिभ देखिएको घट’ना हाम्रो सामु विद्यमान छ ।”
सभापति देउवाले कोरोना भाइरसको सं’क्रमणविरुद्ध सबै एक’जुट भएर ल’ड्न आवश्यक रहेकाे जो’ड दिँदै लकडाउनको पालना गर्न र समदूरी कायम गर्दै उच्च सत’र्कता अपनाएर सं’यम र एक’ताका साथ कार्य गर्न र गराउन सबैमा आ’ग्रह गरेका छन् । उनले नयाँ वर्ष कोराना भाइरसमाथि विज’य पाउन सफल हुनेछ भन्दै स्वदेश तथा विदेशमा रहेका भएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।









