देशवासीको नाममा प्रधानमन्त्रीको शुभकामना सन्देश !

काठमाडौँ,१ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७७ को पहिलो दिन देशबासीका नाममा शुभकामना दिँदै कोरोना भाइरसको विश्व महा’मारीबाट सिङ्गो मानव जातिसहित हामी नेपाली पनि छिट्टै मुक्त हुन सकौं भन्ने कमना गरेका छन् ।

यस्तो छ सन्देशकाे पूर्णपाठ :

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु, – सर्वप्रथम म यहाँहरु सबैलाई नयाँ वर्ष विक्रम सम्वत् २०७७ को हार्दिक शुभकामना व्यक्त गर्दछु । पुरानो वर्षलाई विदा गर्ने र नयाँ वर्षलाई स्वागत गर्ने यो घडी वास्तवमा उल्लास र उमङ्गको पर्व हुनुपर्ने थियो, समीक्षा र नयाँ सङ्कल्पको अवसर हुनुपर्ने थियो । तर यस नयाँ वर्षलाई हामी सा-है अ’प्ठ्यारो परिस्थितिमा स्वागत गर्दैछौं । – सिंगो विश्व समुदाय आज कोरोना स’ङ्क्रमणको महा’मारीबाट आ’क्रान्त छ । यस म’हामारीले हामी नेपालीहरूलाई पनि छोएको छ । संसारभर छरिएर रहेका नेपालीहरुका आफन्तजनमध्ये कतिपयलाई सङ्क्र’मित तुल्याएको छ र केहीलाई हामीबाट खोसेको छ । तपाईहरुको प्रधानमन्त्रीका रुपमा मैले यही असहज अवस्थाबीच भारी मनका साथ नयाँ वर्ष २०७७ को शुभकामना भन्नु परिरहेको छ । – यतिखेर देशभित्र र बाहिर रहनु भएका सबै नेपाली दिदीबहिनी दाजुभाइहरुलाई मेरो कामना छ– तपाईँ र तपार्इँका परिवारजन र आफन्तहरू सबै कोरोना भाइरसको स’ङ्क्रमणबाट जोगि’न सक्नुहोस् ! जसलाई स’ङ्क्रमण भएको छ, उहाँहरुले यसमाथि विजय हासिल गर्न सक्नुहोस् ! अनि, कोरोना भाइरसको विश्व म’हामारीबाट सिङ्गो मानव जातिसहित हामी नेपाली पनि छिट्टै मु’क्त हुन सकौं ! यस भाइरस वि’रुद्धको जारी यु’द्धको अगुवाइ सरकारले गरिरहेको छ । हरेक दुःखका पलहरुमा हामीले तपाईँहरुको हौसलापूर्ण साथ, सहयोग र स’द्भाव पाएका छौं । आगामी दिनमा पनि सम्पूर्ण देशवासीहरुको निरन्तर साथ रहनेमा सरकार विश्वस्त छ । – मेरो नेतृत्वमा रहेको नेकपाको वर्तमान सरकार गठन भएको २ वर्ष वितेको छ । तपाई हामी सबैलाई थाहा छ, विगत दुई बर्षको प्रगति उत्साहजनक रहेको थियो । यदि यस महा’मारीको च’पेटामा नेपाल नपरेको भए आज हामी, विकासको दरका बारेमा चर्चा गरिरहेका हुने थियौँ । विगतका उपलब्धिहरूको जगमा उभिएर नयाँ उचाइ हासिल गर्ने योजना बनाइरहेका हुने थियौँ । स्वदेशमै फलदायी रोजगारी वृद्धिदेखि कृषिको आधुनिकीकरणको कुरा गरिरहेका हुने थियौं । खनिज पदार्थको उत्खनन् कार्यलाई तीब्रता दिने तयारी गरिरहेका हुने थियौँ । – यतिबेला नेपाल भ्रमण वर्ष, २०२० को उल्लास फैलिरहेको हुने थियो । वर्षभरि २० लाखभन्दा बढी विदेशी पर्यटकहरुले नेपाल भ्रमण गर्ने अभियानका रुपमा होमस्टे, होटल र रेष्टुराँहरु भरिभराउ हुने थिए । शहर–बजार, ट्रेकिङ स्थल र पर्वतारोहणका गन्तव्यहरुमा पर्यटक र पर्वातारोहीहरुको चहलपहल व्यापक हुने थियो । – अहिले हामीहरु दूरगामी लक्ष्यसहित थालिएको ‘सगरमाथा सम्वाद’ भव्य रुपमा सम्पन्न भएकोमा खुशी मनाइरहेको हुने थियौँ । जलवायु प’रिवर्तन, पर्वत र मानव जातीको भविष्यका बारेमा हामीले गरेका छलफल र निकालिएका नि’ष्कर्षको बारेमा विमर्श/वि’श्लेषण गरिरहेका हुने थियौँ । समग्रमा विगतमा हामीले गरेका वाचाहरु, तिनको प्रगति र अब गरिने कामका योजनाबारे मैले यतिखेर देशवासीका सामू आफ्नो विश्ले’षण राखिरहेको हुने थिएँ । पाँचवर्षको जनादेशको झण्डै मध्यतिर आइपुग्दा हाम्रा अपेक्षा र परिणाम बीचको दूरीबारे सम्वाद गरिरहेका हुने थियौँ । – तर आज हामीहरु एउटा भिन्न प्रकृतिको अ’सहज परिस्थिति बीच नयाँ वर्षको आगमनलाई स्वागत गरिरहेका छौँ । यस असहज परिस्थितिको शीघ्र अन्त्यको अपेक्षासहित म सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा नयाँ वर्ष २०७७ शुभ रहोस् भन्ने पुनः हार्दिक कामना गर्दछु । – कोरोना भाइरस महा’मारीका कारण अहिले हामी भ’यावह अवस्थाबाट गु’ज्रिरहेका छौं । मेरो पछिल्लो पटकको संबोधनदेखि यताको पाँच दिनको यस अवधिमा थप ३५ हजार मानिसले ज्यान गुमाइसकेका छन् । मानिसको जीवन रक्षा’का लागि सिङ्गो विश्व अहिले ‘लकडाउन’मा छ । हाम्रा सम्पूर्ण गतिविधिहरु लकडाउनमा छन् । कतिपय परिवारका सदस्यहरु आफन्तबाट टाढा लकडाउनमा छन् । स’ङ्क्रमणबाट जोगि’न सामाजिक दूरी कायम राख्नका लागि एकै ठाउँमा रहेर पनि कतिपय हामीहरु पारस्परिक दूरीमा छौं । – निःस’न्देह, दुःखको यस घडीमा हामीभित्रको मानवीय भावनाले हामीलाई अझ दह्रो गरी जोडिरहेको छ । सिङ्गो नेपाली समुदाय राष्ट्रिय एकताको भावनात्मक एकतामा अझ घनिष्ट रुपमा आवद्ध भएको छ । तर भौतिक रुपले भन्ने हो भने चाहिँ हाम्रो सामाजिक सम्बन्ध जोड्ने धागो टु’टेको छ । सिङ्गो विश्वको अर्थ व्यवस्थालाई गतिशील बनाइराख्ने उत्पादन प्रणालीको कडी टु’टेको छ । अन्योल र भ’यको कहा’लीलाग्दो अवस्थाबाट अहिलेको समय गु’ज्रिरहेको छ ।

दिदीबहिनी तथा दाजुभाइहरु, – म अहिले पाँच वर्ष अघिको त्यो को’लाहलपूर्ण अवस्था पनि संझिरहेको छु । त्यतिखेर विना’शकारी भू’कम्पका कारण हाम्रा धेरै घरहरु ध्व’स्त भएका थिए । आपूm उभिएको भूँइ घरीघरी नाचिरहेको अवस्था थियो । अस्पतालहरु घाइ’तेहरुबाट भरिभराउ थिए । कति उ’द्धारको अपेक्षामा चि’च्याइरहेका थिए । कोही आफन्तको वि’योगमा भाव’विह्वल थिए । न बस्ने ठाउँ छ, न सञ्चित गरिएका खानेकुरा बाँकी रहेको छ– घरबाट मानिस एकाएक सडकमा प्mयाँकिएका थिए । – त्यतिबेलाको अत्या’सलाग्दो अवस्थालाई हामीले एक भएर सामना ग¥यौं । धैर्यता र साहसका साथ उभियौं, अघि बढ्ने प्रयास ग¥यौं । हजारौं भौतिक संरचना भ’त्किए पनि हामीले मनोबल भ’त्किएन दिएनौं, स’ङ्कटका का’ला बादलहरु हटेर सूर्यको उज्यालो छरिने विश्वासलाई टु’ट्न दिएनौँ । त्यसपछि आएका सबै अ’प्ठ्याराहरुलाई एक भएर एकएक गरी छिमल्दै गयौं । प्राकृतिक वि’पत्तिका कारण नेपालीहरु भौतिक संपत्तिका हिसाबले कम’जोर भए होलान्, तर मानसिक रूपमा द’रिद्रचाहिँ छैनन् भन्ने परिचय हामीले साहसका साथ दियौं । हामीहरुको यो साहस र धै’र्यतालाई धेरैले प्रशंसा गरे, हामीलाई धुलो टक्ट’क्याएर उठ्न हात दिए । हामी नेपालीले परेको बेलामा प्र’दर्शित गर्ने गरेको एकता र अनुशासनले नै भ’त्किएको धरहरा फेरि ठडिन लागेजस्तै शीर ठाडो पार्ने स्थानमा आइपुगेको स्म’रण गर्न म सबैलाई हार्दिक आ’ग्रह गर्दछु । – तर अहिले हामी, त्यस समयभन्दा भिन्न एक अदृश्य ‘श’त्रु’ वि’रुद्ध ‘यु’द्ध’ ल’डिरहेका छौं । यस्तो ‘श’त्रु’, जसलाई रो’कथाम गर्ने खो’प या निको पार्ने औ’षधी अझै आविस्कार भएको छैन । यस्तो श’त्रु, जसले हामीजस्ता विकासोन्मुख मुलुकलाई मात्रै होइन, विकसित र बलियो स्वास्थ्य संरचना भएका मुलुकहरुलाई पनि हा’यलकायल पारिरहेको छ । – हामीले यो यु’द्ध जित्नका लागि त्यसबेलाको भन्दा भिन्न ‘यु’द्धका नियम’हरु पालना गर्नु आवश्यक छ । यस यु’द्धमा ‘दूरीमा शक्ति’ छ, दूरीबाट नै हाम्रो एकता प्र’दर्शित हुन्छ भन्ने जस्तो नियमको पालना गर्नुपर्ने अनौठो अवस्था आएको छ । एक्लाएक्लै उभिंदै सामाजिक दूरी कायम राखेर अदृश्य श’त्रु– कोरोना भाइरसलाई छल्नु पर्छ भन्नेमा हामी सचेत हुनुपर्छ । अहिले जो जहाँ छ, त्यहीँ रहने, स्वास्थ्यकर्मीहरुले दिएका सु’झाव र सरकारले जा’री गरेका नि’र्देशनहरुको पालना गर्दै स्व–अनुशासनमा रहने र कोरोना भाइरसको च’क्र समा’प्त हुने अवधिसम्म धै’र्यताका साथ पर्खिने नीति अपनाउनु अपरिहार्य छ ।– हरेक अ’प्ठ्यारोमा मानिस स्वभावैले अत्ता’लिन्छन् । यस्तो समयमा मनलाई नि’यन्त्रणमा राख्नु पर्छ भन्ने म ठान्दछु । यो काम, भनेजस्तै सजिलो पक्कै छैन, तर परेपछि मानिसले त्यसलाई सामना गर्न सक्छ भन्ने मेरो आप्mनै भोगाइले बताउँछ ।

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु, – भनिन्छ, अनि’कालमा घरभित्रका भाँडाहरु बज्न थाल्छन् । तर त्यसलाई र’डाको मच्चिएको ठान्नु भूल हुन्छ । मन आ’त्तिएको, भ’त्किएको बेला ‘गर्नेले गरेन कि’ भन्ने आश’ङ्का मनमा पैदा हुन सक्छ । गरेको पुगेन कि भन्ने लाग्न सक्छ । अझ छिटो, अझ राम्रो र तत्काल परिणाम आउने गरी काम गरिदिए हुन्थ्यो भन्ने लाग्न सक्छ । तर अ’न्यौल र भ्र’ममा पर्ने या विच’लित हुने होइन, मन बलियो बनाउनु आवश्यक हुन्छ । – विश्वका विभिन्न मुलुकहरुमा कोरोना भाइरसबाट सं’क्रमित हुनेको संख्या र यसको अनुपात फरक फरक छ । हाम्रो देशमा सं’क्रमितको संख्या प्रति १० लाखमा ०.३ मात्रै छ । अहिलेसम्म सं’क्रमितको अवस्था सामान्य रहनु र कसैको पनि मृ’त्यु नहुनुलाई हाम्रा प्रयासको सफलताको रुपमा लिन सकिन्छ । – हो, अहिले सं’क्रमणको आ’शङ्का गरिएका व्यक्तिहरुको जति प’रीक्षण भइरहेको छ, पर्याप्त छैन । अहिलेसम्म हामीले प्रति १० लाख जनसंख्यामा १५२ को प’रीक्षण गरेका छौं । संक्र’मणमुक्त स्थितिको सुनिश्चितताको लागि यस परी’क्षणको दायरालाई निरन्तर बढाउँदै लगिने छ । – तर, हामी भएका राम्रा कामहरू आफसेआफ वा संयोगले मात्रै भएका हुन् भन्ने पनि नसोचौं । यतिसम्म पनि नभनौं, सीमित कमी कम’जोरी र हुन बाँकी कामहरु भने सरकारको अ’कर्मण्यताका परिणाम हुन् । – हामी यति त संवेद’नशील बनौं, हाल भएका कामहरु दिनरात खटि’रहेका चिकित्सक, स्वाथ्यकर्मी, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी र सम्बद्ध श्रमिकहरुको मिहेनेतको परिणाम हो । सीमित साधनस्रोतका बा’बजुद हामीले गरिरहेका कामहरु सकारात्मक छन् र यिनले परिणाम दिइरहेका छन् भन्ने कुराको दृष्टान्त चैत २५ गते सा’र्वजनिक भएको एउटा राष्ट्रिय सर्वेक्षणबाट पनि देख्न सकिन्छ, जहाँ अधिकांश नागरिकहरुमा कोरोना भाइरसबारे आधारभूत जानकारी पुगेको, त्यसबाट जो’गिन अपनाउनु पर्ने क’दमबारे उहाँहरु सचे’त रहेको र सरकारका कामप्रति अधिकांश नागरिकहरुले सन्तुष्टि व्यक्त गरेको निष्क’र्ष प्राप्त भएको छ । – जति कामहरु हुन बाँकी छन्, तिनलाई तीनै तहका सरकारहरुको नेतृत्व र समन्वयमा निरन्तरता र ती’ब्रता दिइने छ ।

दिदीबहिनी तथा दाजुभाइहरु, – कोरोना भाइरसका कारण विश्व अर्थतन्त्र र समग्र विश्व प्रणालीमै गहिरो र दूरगामी अ’सर पर्ने कुरा निश्चित छ । यस महा’मारीले हाम्रो जमानाकै सर्वाधिक गं’भीर विश्व आर्थिक मन्दी नि’म्त्याउने सहजै अनुमान गर्न सकिन्छ । प्रक्षे’पण गरिएका तथ्याङ्कलाई उल्लेख नगर्ने हो भने पनि विश्व व्यापार नराम्रो गरी खु’म्चिने, करोडौंले रोजगारी गुमा’उने र लगानीका स्रोतहरु सुक्ने कुरा निश्चितजस्तै छ । – कोरोना भाइरसको यस महा’मारीबाट सामाजिक र मनोवैज्ञानिक क्षति मात्रै होइन, यस पश्चात् आउने विश्वव्यापी आर्थिक मन्दीले हाम्रो जस्तो उदीयमान अर्थतन्त्रलाई गहिरो ध’क्का दिने देखिएको छ । ‘यस महा’मारीबाट कूल ग्रार्हस्थ उत्पादनको २ देखि ४ प्रतिशतको हाराहारीमा हाम्रो अर्थतन्त्रमा क्षति पुग्ने’ भन्ने विभिन्न क्षेत्रका विद्वानहरुको विश्लेषणप्रति सरकारको पर्याप्त ध्यान गएको छ । कोरोना पछिको क्षतिको आँकलनका लागि सरकारले आपूmसम्बद्ध विभिन्न निकायहरुलाई परिचालित गरिसकेको छ । आउने हप्ता दिनसम्ममा म’हामारीको वेगको पूर्वानुमान हुनसक्ने हुँदा समग्र मूल्याङ्कनको प्रक्रिया त्यसपछि मात्रै निष्कर्षमा पुग्ने अवस्था छ । – हाम्रो योजना थियो– यस नयाँ बर्षमा, नयाँ बर्षको पहिलो महिनाको पूर्वाद्र्धमै रानीपोखरी उद्घाटनको कार्यक्रम राखिने छ । यस्तो लाग्दै थियो– धरहरा १० तल्लामा मात्रै होइन, त्यसभन्दा माथि अग्लिने छ । सुनकोशी–मरिन डाइभर्सनको ठेक्का लगाउने काम सकिने छ । सार्वजनिक यातायातमा नयाँ कार्यक्रम घोषणा गरिने छ । गत फागुन ३ गते प्रतिनिधिसभामा मैले संबोधन गर्दा उल्लेख गरिएका कामको विवरणको प्रगति आजको संबोधनमा अपडेट गरिनेछ । – तर हामी महा’मारीका कारण धेरै कार्यक्रमहरु स्थगित गर्नुपर्ने, केहीको निर्माणमा स्वतः वि’लम्ब हुने, बजेटलाई रकमान्तर गर्नुपर्ने वा हाम्रा प्राथमिकताका क्षेत्रलाई पुनःव्यवस्थित गर्नुपर्ने अवस्थामा आइपुगेका छौं । हामी सबैलाई थाहा छ, यतिबेलाको सर्वोच्च र एकमात्र प्राथमिकता नागरिकहरुको स्वास्थ्य सुरक्षा हो, यतिबेलाको सबैभन्दा महत्वपूर्ण विकास निर्माण कार्य भनेको स’ङ्क्रमण फैलिन नदिने कुरा सुनिश्चित गर्ने हो । – त्यसैले अहिले यतिबेला हामीले आप्mनो ध्यान सं’क्रमितहरुको पहिचान, परी’क्षण अनि उप’चारमा केन्द्रित गरेका छौं । जतिबेला हामी यस महा’मारीको ‘ग्राफ’लाई सीधा पार्छौं– त्यसपछि हाम्रा आर्थिक गतिविधिलाई तीब्रता दिन ‘लगानी, लगानी अनि फेरि लगानी’को नीति अपनाउने नै छौं । अहिले हाम्रो अध्य’यन तथा स’र्वेक्षण, ‘टु’टेको उत्पादन सम्बन्धको कडी फेरि कसरी जोड्ने, अव’रुद्ध उत्पादन प्रणालीलाई कसरी सुचारु गर्ने ?’ भन्नेमा केन्द्रित छ । यसै अध्ययन र सि’फारिसको आधारमा सरकारले ‘अर्थतन्त्रको पुन’रुत्थानको प्याकेज’ नीति तथा कार्यक्रम र बजेटमार्फत सार्वजनिक गर्ने छ । – यतिखेर धेरै महानुभावहरुले सुझाव र सल्लाह दिइरहनु भएको छ । सल्लाह, सरकारको कामको तरिकाका बारेमा छ र साधनस्रोतको सम्बन्धमा पनि छ । कतिपय मित्रहरुले चालू बजेटको विभिन्न शीर्षकमा रहेका स्रोतलाई रकमान्तर गर्न पनि सरकारको ध्यानाकर्षण गर्नुभएको छ । कतिपयले उच्च ओहोदामा रहेका र जनप्रतिनिधिले पाउने सुविधामा क’टौती गर्नसमेत सुझाव दिनुभएको छ । यी सबै सुझावमा मेरो गम्भी’ररूपमा ध्यानाकर्षण भएको छ । – मैले पटकपटक भन्दै आएको छु, यो यु’द्ध सबैको बलियो एकतामा जितिने युुु’द्ध हो । विश्वव्यापी यस सं’कटको समाधान विश्वव्यापी प्रयास, साझेदारी र सहयोगबाट मात्र सम्भव छ । देश भित्रको सं’कट व्य’वस्थापनमा एक’ताबद्ध राष्ट्रिय प्रयास सर्वाेपरि रहनुपर्छ । मुलुक प्रगतिमा रहेको बेला हुने उपलब्धिको न्या’योचित वितरण र अ’प्ठ्यारोमा हुने क्ष’तिको सह–भारबहन हामी सबैले नै मिलेर गर्नुपर्छ । आवश्यक पर्दा ‘हुनेको गास का’टेर, नहुनेलाई बचाउने’ त हाम्रो परम्परा पनि हो । मुलुकको कार्यकारी प्रमुखका हैसियतले कोरोना म’हामारी समा’प्त नभएसम्म मैले आप्mनो पारिश्रमिक ‘कोभिड–१९, प्रधानमन्त्री रा’हत को’ष’मा जम्मा गर्ने निर्णय गरेको छु । – विद्यमान कठीन परिस्थितिको सामना गर्न मित्र राष्ट्रहरुबाट प्राप्त स’द्भाव, ऐक्य’वद्धता र सहयोगप्रति हामी आभारी छौँ । हामीले ब्यहो’र्नु परेको क्ष’तिको मुका’बिला गर्न आवश्यक स्रोत जु’टाउन विकास साझेदारहरुबाट प्राप्त साथ र समर्थन प्रशंसनीय रहेको छ । यस अवधिमा विश्व बैंकबाट कोरोना सं’क्रमण रो’कथाम आ’पतकालीन सहयोगका लागि २९ मिलियन अमेरिकी डलर बराबरको स’हायता सं’झौता भइसकेको छ । यसैगरी विभिन्न शीर्षकमा विश्व बैंकसहित विभिन्न सा’झेदार संस्थाबाट १ हजार ५६३ मिलियन अमेरिकी डलर बराबरको रकमको व्यवस्था भइसकेको छ । – परम्परागत सहा’यता नीति, कार्यक्रम तथा स’हायताका उपकरणबाट मात्र अहिलेको सं’कटको समाधान हुन सक्दैन भन्ने स्पष्ट छ । नवीन सहा’यता नीति, कार्यक्रम र स’हायता उपकरणबाट मात्र हाम्राजस्ता जो’खिमयुक्त देशले सं’कटमाथि विजय हासिल गरेर अगाडि बढ्न सक्छन् । त्यसैले नियमित रुपमा उपलव्ध भइरहेकोभन्दा थप स्रोत साधन अपरिहार्य भएकाले विकास सहायताको प्रकार, विधि, शर्त तथा ऋणको लागत एवम् प्रक्रियालाई परिमार्जन र सरलीकृत गर्न सरकारले पहल गर्ने छ । – भनिन्छ, सं’कटले संभावनाको पनि ढोका खोल्छ । कोरोना भाइरसको महा’मारीले सिर्जना गरेका चु’नौतिलाई हामीले अवसरमा रुपान्तरित गर्न प्रयास गर्नुपर्छ । यस महा’मारीले स्वास्थ्य पूर्वाधारमा लगानी गर्न सिङ्गो विश्वलाई र हामीलाई पनि बेस्सरी घ’च्घच्याएको छ । सरकारले यसलाई गं’भीर ध्यान दिने नै छ । विश्वव्यापी आर्थिक म’न्दीका कारण वैदेशिक रोजगारी गु’म्नसक्ने जोखि’ममा रहेका र मुलुकभित्रै वेरोजगार रहेका युवाहरुलाई केन्द्रित गरेर रोजगारीका कार्यक्रम लागू गर्ने नीति अपनाइने छ । कृषि, साना तथा मझौला उद्योगका अतिरिक्त स्वरोजगारीका नयाँ संभावनाहरुको खोजी गर्न सम्बन्धित क्षेत्रका व्यवसायी, विशेषज्ञहरु र स्वयं युवाहरुसँग मिलेर ठोस योजना अगाडि सारिने छ ।

दिदिबहिनी तथा दाजुभाईहरु, – कोरोना भाइरसबाट प्र’भावित हुने सबै वर्ग र क्षेत्रका नागरिकको अभिभावकत्व सरकारले लिन्छ । सबैभन्दा पहिले जनतालाई महा’मारीबाट उम्का’इने छ, सँगसँगै रोजीरोटीको जोहो गरिने छ । सर्वसाधारण जनता र क’मजोर वर्गलाई यथासंभव सामाजिक संरक्षण प्रदान गर्ने, यस समस्याबाट प्रभा’वित निजी क्षेत्रलाई प्रोत्साहन उपलब्ध गराउने, कृषक तथा आम श्रमिकहरुको आय निरन्तरताका लागि आवश्यक व्यवस्था गरिनेछ । मैले पहिले नै घोषणा गरिसकेको छु– आपैंmलाई जो’खिममा राखी उप’चारमा स’ङ्लग्न हुने चि’कित्सक तथा स्वास्थ्यकर्मीहरु र नागरिक सुरक्षामा अ’होरात्र ख’ट्ने सुरक्षाकर्मी जस्ता यस यु’द्धको अग्रपङ्क्तिका यो’द्धाहरुको व्यक्तिगत र व्यवसायिक सुरक्षामा कुनै कमी हुन दिइने छैन । उहाँहरुको हिफाजत सरकारले हरतरहले गर्नेछ । – स’ङ्कटको यस घडीमा जनताको घर आँगनमै पुगेर सेवा पु¥याइरहेका स्थानीय जनप्रतिनिधिहरुप्रति म उच्च सम्मान व्यक्त गर्न चाहन्छु । यसले स्थानीय तहहरुलाई जनताको सबैभन्दा नजिकको सरकारका रुपमा स्थापित गरेको छ । आफ्नो प्रदेशको वि’शिष्ट अवस्था र चुनौ’तीलाई हेरेर प्रभा’वकारी ढङ्गले संभाव्य स’ङ्क्रमणको सामना गरिरहनु भएका प्रदेश सरकारहरुको भूमिकालाई म हार्दिक प्रशंसा गर्न चाहन्छु । – रोजगारी गुमा’एर बिहान साँझको छाक टार्न क’ठीन भएका, अपा’ङ्गताका कारण औ’षधी लगायत अन्य अत्यावश्यकीय सुविधाको पहुँचबाट टाढा रहनु भएका, वृद्धावस्थामा रहनु भएका र विभिन्न हिसाबले असहज अवस्था भो’गिरहनु भएका बिपन्न र असहाय दाजुभाइ दिदीबहिनीहरूसमक्ष स्थानीय सरकारहरु स्वयं राह’त लिएर पुग्ने छन् । अ’प्ठ्यारोमा पर्नुभएका त्यस्ता व्यक्ति, परिवार या समुदायको पहिचान गर्न र सरकारले उपलब्ध गराउने रा’हत वास्तविक म’र्कामा परेकाको हातमा पुगोस् भन्ने सुनिश्चित गर्न म सबैको सहयोगका लागि हार्दिक अ’नुरोध गर्दछु । – विदेशमा रहनुभएका नेपालीहरुप्रति म सं’वेदनशील छु । विश्वव्यापी स’ङ्कटको घडीमा उहाँहरु आधारभूत सुविधा र उपचार सेवाबाट ब’ञ्चित हुन नपरोस् भनेर सरकारले विभिन्न तहमा सम्बन्धित देशका राष्ट्राध्यक्ष, सरकार प्रमुख र विदेशमन्त्रीहरुसँग निरन्तर संवाद गरिरहेको छ । नेपालीलाई सं’रक्षण दिने र आफ्नै नागरिकसरह आधारभूत सुविधा उपलब्ध गराउने बचन दिनुभएकोमा म उहाँहरुलाई धन्यवाद दिन चाहन्छु । – स’ङ्कटको यस बेलामा सिङ्गो राष्ट्र एक’ताबद्ध छ । सबै राजनीतिक दलहरुबाट प्राप्त साथ, स’मर्थन तथा उहाँहरुबाट प्राप्त रचनात्मक सुझावले सरकारलाई अझ उर्जा थपिदिएको छ । यसका लागि म सबै राजनीतिक दलहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु । जनताबाट निर्वाचित सरकार नै स’ङ्कटको सामना गर्ने नेतृत्वदायी संस्था हो । तीनै तहका सरकारहरुले सम्बद्ध सबैका सुझावहरुलाई ध्यानमा राख्दै यस असामान्य अवस्थाको प्रभावकारी ढंगले सामना गर्ने कुराको विश्वास दिलाउन चाहन्छु । – चैत २५ गते मैले भनेको थिएँ– यस खालको महा’मारीसँग जुझ्न समग्र विश्वको तयारी पर्याप्त रहेनछ भन्ने कुरा आज प्रत्यक्ष देखिएको छ । मानव स्वास्थ्यमा उच्च लगानी गर्ने नयाँ विश्व प्रणालीको आवश्यकता टड्कारो बनेको छ । यस महा’मारीको समाप्तिसँगै मानवकेन्द्रित नयाँ विश्व प्रणालीका बारेमा विमर्शको पनि थालनी गर्नुपर्छ । नेपालले यसमा अग्रसरता लिने छ । – कुनै पनि यु’द्धमा विजयका लागि आत्मविश्वास, मनोबल र एकता सर्वाधिक महत्वपूर्ण हति’यार हुन् । आत्मविश्वास गुमेको र आत्मबल खस्कि’एको सेनाले जतिसुकै आधुनिक संशाधनबाट सज्जित भए पनि यु’द्ध जित्न सक्दैन । यस घडीमा म सबैसमक्ष विशेष आ’ह्वान गर्न चाहन्छु– अग्रमोर्चामा रहेर कोरोना भाइरसका वि’रुद्ध क’ठीन ल’डाइँको अगुवाइ गरिरहेकाहरुको मनोबल उच्च पारौँ, राष्ट्रिय एकतालाई थप सुदृढ पारौँ र कोरोना भाइरसलाई समाजमा फैलिनबाट रो’क्न र स’ङ्क्रमण भइहालेमा पनि परा’जित गर्न सकिन्छ भन्ने जनताको आत्मविश्वासलाई थप बलियो बनाउन सकारात्मक भूमिका खेलौं । – आगामी बैशाख ३ गते लकडाउनको दोस्रो समयावधि पूरा हुन्छ । यिनै दुई दिनको अवधिमा हुने प्रगतिको आधारमा कोरोना–महा’मारी वि’रुद्धको हाम्रो नीति कस्तो हुने भन्ने सरकारले निर्णय गर्ने छ । ढुक्क होऔं, कस्तै प्रतिकूल अवस्थामा पनि आपूर्ति प्रणालीलाई क’मजोर हुन दिइने छैन । – फेरि एकपल्ट यहाँहरु सबैको सुस्वास्थ्यको कामनासहित नयाँ बर्ष २०७७ को हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । सबैमा धेरै धेरै धन्यवाद । धन्यवाद । – १ बैशाख २०७७बालुवाटार, काठमाडौं

सम्बन्धित खवर

Back to top button