काठमाडौंमा थप तीनजनामा कोरोना पोजेटिभ

काठमाडौं : काठमाडौंंमा थप ३ जनामा कोरोनाको संक्रमण देखिएको छ । बेलायतबाट फर्केर काठमाडौंमा बसेका तीन जनामा कोरोना संक्रमण देखिएको हो । उनीहरुमा कोरोना सं’क्रमणको र्‍यापिड टेस्ट पोजिटिभ देखिएको हो । काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बस्‍ने तीन जनामा र्‍यापिड टेस्ट पोजिटिभ देखिएपछि कोरोना परीक्षणका लागि पठाइएको छ।

पाटन अस्पतालका कोरोना फोकल पर्सन डा. आशिष श्रेष्ठले उनीहरु तीन जनाकै र्‍यापिड टेस्ट पोजिटिभ देखिएको बताए । डा.श्रेष्ठले भने, ‘र्‍यापिड टेस्ट पोजिटिभ देखिएपछि तीन जनालाई नै कोरोना परीक्षणका लागि सोमबार साँझ पठाइएको छ । कोरोना परीक्षण रिपोर्ट आउन केही समय लाग्‍ने छ।’

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राइले उनीहरु तीनै जना पाटन अस्पतालमा भर्ना भएको जानकारी दिए । एकै परिवारका उनीहरु ८१ वर्षीया वृद्धा आमा सहित ५८ छोरा र ५६ वर्षीया बुहारी रहेका छन्।

प्रहरीका अनुसार अपार्टमेन्टमा बस्‍ने तीन जनालाई र्‍यापिड टेस्ट पोजिटिभ देखिएपछि सो बिल्डि‌ङलाई नै लकडाउन गरिएको छ। अपार्टमेन्टलाई प्रहरी घे’रामा राखिएको छ।

सम्बन्धित खवर

Back to top button