भारतमा अप्रिल ३० सम्म लकडाउन लम्बिंदै

नयाँदिल्ली : विश्व म’हामारीको रुप लिइरहेको कोरोना म’हामारी रोकथामका लागि भारतले जा’री लकडाउन फेरि लम्ब्याउने भएको छ । कोरोना सं’क्रमण द्रुत गतिमा बढ्न थालेपछि भारतले लकडाउनको अबधि लम्ब्याउने थालेको हो ।

मंगलबार बिहान स्थानीय समय अनुसार १० बजे प्रधानमन्त्री मोदीले विशेष सम्बोधन गर्दै लकडाउन लम्ब्याउने बताइएको छ । दिल्लीका मुख्यमन्त्री लगायत सरकार सम्बद्ध अधिकारीहरुले भारतीय मिडियालाई यसबारे जानकारी दिइसकेका छन् । भारतीय मिडियाका अनुसार मोदी सरकारले अप्रिल ३० सम्मका लागि लकडाउन थप्ने निर्णय गरेको छ ।

यसैबारे मंगलबार मोदीले सम्बोधनको क्रममा घोषणा गर्ने बताइएको छ । प्रधानमन्त्री मोदीले यसअघि भारतीय जनतालाई कोरोना वि’रुद्ध दीप प्रज्वलन गर्न आ’ह्वान गरेका थिए । भारतमा कोरोना संक्र’मणका कारण ९ हजार २ सय भन्दा धेरै सं’क्रमित हुनुका साथै ३ सय ३१ जनाको मृ’त्यु भएको छ ।

सम्बन्धित खवर

Back to top button