थप दुईजनामा काेराेना भएकाे पुष्टि

काठमाडौं, २ बैशाख : नेपालमा थप २ जना काेराेना सं’क्रमित भेटिएसँगै १६ जनामा काेराेना सं’क्रमण पुष्टि भएकाे छ । काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका दुईजनामा कोरोना भाइरस सं’क्रमण पुष्टि भएको छ । र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी)बाट परीक्षण गर्दा कोरोना देखिएका तीनमध्ये दुईमा जनस्वास्थ्य प्रयोशाला टेकुमा गरिएको पीसीआर टेस्टबाट कोरोना पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार अपार्टमेन्टको १५ औं तलामा बस्ने आमा, छोरा र बुहारीलाई र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा प’रीक्षण गर्दा कोरोना पो’जिटिभ देखिएको थियो। त्यसपछि उनीहरुलाई प्रहरीको टोलीले सोमबार अपरान्ह पाटन अस्पतालको आइसोलेसनमा लगेर भ’र्ना गरिदिएको थियो। तीनैजनाको अहिले पाटनकै आइसोलेसनमा उ’पचार भइरहेको छ।

सनसिटी अपार्टमेन्टमा बस्दै आएका उनीहरु गत ५ चैत गते बेलायतको लण्डनबाट आएका हुन् । अपार्टमेन्टमा बस्‍ने तीनजनालाई कोरोना पो’जेटिभ देखिएपछि उक्त बिल्डि‌ङ परि’सरलाई नै प्रहरीले लकडाउन गरेको छ । योसँगै नेपालमा जम्मा कोरोना सं’क्रमितको संख्या १६ पुगेको छ। नेपालका पहिलो सं’क्रमित उपचारपछि घर फर्केका छन् । अन्य १५ जनाको देशका विभिन्‍न अ’स्पतालमा उ’पचार चलिरहेको छ ।

सम्बन्धित खवर

Back to top button