भीआइपीका सुरक्षाकर्मी सीमानामा पठाउन नि’र्देशन

काठमाडौं, १ बैशाख : पूर्वमन्त्रीहरुले आफ्नो सुरक्षाका लागि प्रयोग गर्दै आएका सुरक्षाकर्मीहरुलाई फिर्ता गरी सीमामा ख’टाउन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नि’र्देशन दिएका छन् । गृहमन्त्री थापाले नेपाल प्रहरीका महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली र स’शस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई बोलाएर भिआइपीहरुको सुरक्षामा खटाइएका सुरक्षाकर्मीलाई फिर्ता बोलाएर सिमानामा खटाउन नि’र्देशन दिएका हुन्।

गृहमन्त्री सीमाक्षेत्रमा सर्त’कता अपनाउनका लागि सुरक्षाकर्मी बढाउन नि’र्देशन दिएका हुन् । पर्साको वीरगञ्‍जमा तीन भारतीय नागरीकलाई कोरोना सं’क्रमण भएपछि थापाले तराईका सीमाक्षेत्रमा सुरक्षा सर्त’कता बढाउन निर्दे’शन दिएका हुन्। ‘पूर्वगृहमन्त्रीसहितका भिआइपीहरुले राजनीतिक पहुँच र शक्तिको आडमा प्रयोग गर्दै आएका सुरक्षाकर्मी फिर्ता गर्न गृहमन्त्रीले नि’र्देशन दिनुभएको छ’, प्रेस सल्लाहकार किरण भट्टराईले भने, ‘नियमविपरीत त्यसरी खटाइएका सुरक्षाकर्मीलाई फिर्ता लिन थालिएको जानकारी आएको छ। अब उनीहरुलाई सीमाक्षेत्रमा पठाउने तयारी थालिएको छ।’

भट्टराईका अनुसार नियमविपरीत भिआइपीहरुका पछुवाका, निजी सहयोगी र घरेलु कामदारका रुपमा प्रयोग भइरहेका सुरक्षाकर्मीलाई दुवै प्रहरी संगठन प्रमुख फिर्ता बोलाउन थालेका छन् । मन्त्रिपरिषद्‍बाटै निर्णय गरेर सुरक्षाकर्मीहरु लगेका भिआइपीका हकमा गृहमन्त्री थापाले आफूले आवश्यक पहल गरेर निर्णय‍ लिने बताएका छन्। ‘मन्त्रीपरिषद्‍बाट निर्णय गरेर सुरक्षाकर्मी लगेकाको हकमा आवश्यक सल्लाह गरेर मैले नै निर्णयका लागि मन्त्रिपरिषद्‍मा प्रस्ताव लैजान्छु’, थापाको भनाइ उद्धृत गर्दै भट्टराईले भने, ‘तर मापदण्डविपरीत पहुँचका भरमा भिआइपीहरुले सुरक्षाकर्मी लगेका छन् भने तपाईंहरु आफैंले फिर्ता लिइजानुस्।’

मन्त्रिपरिषदले पूर्व विशिष्टलाई सुरक्षाकर्मी दिने निर्णय खा’रेज गर्ने प्रस्ताव अघि बढाइएको छ। गृहमन्त्रीको नि’र्देशनपछि दुवै सुरक्षा निकायले नियमविपरीत लगिएका सुरक्षाकर्मीको तथ्यांक लिन थालेका छन् । दुवै सुरक्षा निकायका करिब तीन हजार सुरक्षाकर्मी विशिष्ट व्यक्तिको सुरक्षामा लगाइएको छ।

गृहमन्त्री थापाले हिमाली र पहाडी क्षेत्रमा खटिएका सश’स्त्र प्रहरी बलको टोलीलाई सीमाक्षेत्रमा ख’टाउन पनि अर्को निर्दे’शन दिएका छन्। गृहमन्त्री थापाले सोमबार सश’स्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई मन्त्रालयमा बोलाएर अत्यावश्यक बाहेकका सुरक्षाकर्मीलाई तत्काल नेपाल-भारत सीमाक्षेत्रमा तै’नाथ गर्न निर्दे’शन दिएका हुन् । महानिरीक्षक खनालले विवरण संकलन गरेर पहाड र हिमालका सुरक्षाकर्मीलाई सीमाक्षेत्रमा पठाउने जानकारी गृहमन्त्रीलाई दिएका छन्। अहिले भारतमा फैलिरहेको कोरोनाका कारण मानिसहरुको प्रवेश रोक्न प्रत्येक दुई किलोमिटर सीमाक्षेत्रमा सश’स्त्र प्रहरी ख’टाइरहेको छ।

सम्बन्धित खवर

Back to top button