१३ हजार जनामा काेराेना जाँचियो

काठमाडौं, २ बैशाख : नेपाल सरकार हालसम्म करिब १३ हजारको कोरोना भाइरस परीक्षण गर्न सफल भएकाे छ । मंगलबारसम्म १२ हजार ९ सय ६ जनाको परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिलेसम्म पीसीआर विधिबाट ६ हजार २ सय ९९ वटा र र्‍यापिड टेष्ट किटमार्फत ६ हजार ६ सय ७ वटा परीक्षण गरिएको जानकारी दिए । स्वास्थ्य मन्त्रालयको नियमित प्रे’स ब्रिफिङमा उनले पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा मात्र नयाँ ५८४ वटा परीक्षण गरिएको बताए ।

तीमध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ३८७ वटा र काठमाडौंबाहिर १९७ वटा परीक्षण गरिएको हो । र्‍यापिड किटबाट भने पछिल्लो २४ घण्टामा १३ सय १६ वटा परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार आजसम्म देशभर ५ हजार ७ सय ७१ जना क्वारेन्टाइनमा रहदाँ ९९ जना आइसोलेसनमा रहेका छन्। अहिलेसम्म नेपालमा १६ जनामा सं’क्रमण भएको पाइएको छ । सं’क्रमित सबै विदेशबाट आएकाहरु छन् भने त्यसमध्ये एकजना संक्र’मणमुक्त भैसकेका छन ।

सम्बन्धित खवर

Back to top button