बाँकेको कोहलपुरमा चार ना’का सुरक्षा व्यवस्था कडा

बिहन्क परियार 

कोहलपुर, ३ बैशाख : बाँकेको कोहलपुरस्थित इलाका प्रहरी कार्यालयले मंगलबारदेखी सुरक्षा व्यवस्था कडा पारेको छ । कोरोना भाईरस सं’क्रमणको ख’तरा बढेपछि प्रहरीले कोहलपुर नगरपालिकाको कौशिल्यानगर, मदनचोक, चप्परगौडि र हवल्दारपुर चारै ना’कामा सुरक्षा व्यवस्था कडा पारेको हो ।

यी चार नाकाबाट कोहलपुर प्रवेशमा कडाई गरिएको छ । विश्वमा म’हामारीको रुप लिइरहेको कोरोना भाइरसबाट संक्रमित संख्या नेपालमा पनि दिनानुदिन बढ्दै गएकोले त्यसको जो’खिम कम गर्न प्रहरीले कडा सुरक्षा व्यवस्था गरेको कोहलपुर प्रहरीले जनाएको छ ।

विश्वभर फैलिएको कोरोना भाईरस (कोभिड १९) को सं’क्रमण दर नेपालमा पनि प्रतिदिन बृद्धि हुनथालेपछि सुरक्षा ब्यवस्थामा थप कडाई गरिएको कोहलपुर प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिएसपी कुलदिप चन्दले बताए ।

सम्बन्धित खवर

Back to top button