कोरोना पोजेटिभ युवा आफैंले मोटरसाइकल चलाएर अस्पताल पुगे

धादिङ, ३ बैशाख : र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) किटबाट कोभिड-१९ परीक्षण गर्दा पोजेटिभ देखिएका धादिङ ज्वालामुखीका एक युवालाई धादिङ अस्पतालमा रहेको कोरोना विशेष क्लिनिकमा भ’र्ना गरिएको छ । ज्वालामुखी गाउँपालिकाको मैदी स्वास्थ्य चौकीमा मंगलबार भारतलगायत तेश्रो मुलुकबाट आएर क्वारेन्टीनमा बसिरहेकाको आरडिटी किटबाट कोरोना भाइरस परीक्षण गरिएको थियो । त्यसक्रममा ती युवाको रिपोर्ट पोजेटिभ देखिएको हो।

गत फागुन २० गते दक्षिण कोरियाबाट नेपाल फर्किएका उनी फागुन २१ गते घर फर्किएका थिए । घर आएपछि उनी होम क्वारेन्टीनमा बसेका थिए। परीक्षणमा रिपोर्ट पोजेटिभ पाइएपछि उनलाई थप उपचारका लागि जिल्ला अस्पताल ल्याउन दिनभर एम्बुलेन्स खोजेर नपाइएपछि राति उनी आफैंले मोटरसाइकल चलाएर जिल्ला अस्पताल पुगेका आफन्तहरुले बताएका छन्।

राती १० बजे जिल्ला अस्पतालको कोरोना विशेष क्लिनिकमा भ’र्ना गरिएका ती युवाको स्वास्थ्य परीक्षण र हेरचाहका लागि स्वास्थ्यकर्मीहरुको वि’शेष टोली परिचालन गरिएको जिल्ला अस्पताल धादिङका अध्यक्ष महेन्द्र धमलाले जानकारी दिए। आरडीटी रिपोर्टका आधारमा कसैलाई पनि कोरोना भएको ठोकुवा गर्न नसकिने भएकाले आधिकारिक निकायबाट पिसिआर परीक्षण रिपोर्ट सार्वजनिक नभएसम्म जिल्लावासी कोही पनि आतं’कित नभई सचेत भएर सुरक्षितका साथ घरभित्रै बसिदिन स्वास्थ्य कार्यालय धादिङले आग्रह गरेको छ।

उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुका अनुसार ती युवाको स्वास्थ्य अवस्था सामान्य छ। अहिले उनमा कुनै पनि समस्या देखिएको छैन् । पिसिआर टेस्टका लागि उनको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाउने तयारी भइरहेको छ।

सम्बन्धित खवर

Back to top button