भारतमा ११ हजार बढीमा कोरोना संक्रमण


काठमाडौं, ३ बैशाख : छिमेकी मुलुक भारतमा कोरोना भाइरस (कोभिड १९) बाट ११ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ४ सय ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
भारतमा अहिलेसम्म ३ सय ७७ जनाको ज्यान गएको छ । महाराष्ट्र राज्यमा मात्रै २ हजार ६ सय ८७ जनामा कोरोना पुष्टि भएको छ भने १ सय ७८ जनाको ज्यान गएको छ । यस्तै दिल्लीमा १ हजार पाँच सय ६१ जनामा कोरोना पुष्टि भएकोमा ३० जनाको ज्यान गएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



कोरोनाको प्रको’पलाई मध्यनजर गर्दै मङ्गलबार प्रधानमन्त्री नरेन्द्र मोदीले आउँदो मे ३ तारिखसम्म लकडाउनको अवधि बढाउने घोषणा गरिसकेका छन् ।








