एकैदिनमा ३ हजारको काेराेना परीक्षण

काठमाडौं, ३ बैशाख : सरकारले एकैदिनमा ३ हजार जनाकाे कोरोना भाइरस (कोभिड–१९) को परीक्षण गरेकाे जनाएकाे छ । याेसँगै हालसम्म १५ हजार जना बढीमा काेराेना परीक्षण गरिएको हाे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट ८९२९ र पीसीआर विधिबाट ६८७१ वटा गरी कुल १५ हजार ८ सय वटा परीक्षण गरिएको जनाएको हो।

मन्त्रालयमा आयोजित मिडिया ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य समन्वय महाशाखा प्रमुख डाक्टर विकास देवकोटाले पछिल्लो २४ घण्टामा मात्र २८९४ वटा परीक्षण गरीएको जानकारी दिएका छन्।

उनकाअनुसार आज देशभर ५ हजार ६१४ जना क्वारेन्टीनमा रहेका छन्। त्यस्तै आइसोलेसनमा कुल ११७ जना रहेका छन्। तीमध्ये काठमाडौंमा ११ जना र काठमाडौंबाहिर १०६ जना रहेको मन्त्रालयले जनाएको छ।

सम्बन्धित खवर

Back to top button