युएईमा ज्यान गुमाउने नेपाली महिलाकाे मृ’त्युपछि काेराेना पुष्टि

काठमाडौं, ३ बैशाख : संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा कार्यरत एक नेपाली महिलाकाे मृत्युभएपछि कोरोना भएकाे पुष्टि भएको छ । १० वर्षदेखि यूएईमा कार्यरत रुपन्देही देवदह ६ खैरेनीकी बिनु पराजुलीको शुक्रबार मृ’त्यु भएकाे थियाे । सोमबार कोरोनाका कारण म’त्यु भएको अस्पतालले पुष्टि गरेको हो ।

मृतकका आफन्तबाट प्राप्त कागजमा मृ’त्युको कारण कोरोना उल्लेख भएको यूूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार सोमबार साँझसम्म बिनुको मृ’त्यु कोरोनाको कारण हो भनेर आधिकारिक पत्र भने दूतावासमा आइसकेको छैन ।

बिहीबार साँझ खाना खाएर सुतेकी बिनु शुक्रबार मृ’त भेटिए कि थिइन् । कोठाबाटै प्रहरीले श’व उठाएको थियो । तर उनको नाम मृ’त्यु हुँदासम्म पनि कोरोना स’ङ्क्रमितको सूचिमा थिएन भने शुक्रबार मृ’त्युको कारण पनि खुलेको थिएन । तर सोमबार दुबईको अल रशिद अस्पतालले बिनुको मृ’त्युको काराण कोरोना भाइरस भएको पुष्टि गरेको हो ।

बर दुबईको अल रफ्फा पुलिस स्टेसनमार्फत प्राप्त कागजात मृ’तकका श्रीमान डोलराज पराजुलीले दूतावासलाई पनि दिएका छन् । परिवारले लकडाउनका कारण बिनुको यूएईमा दा’हसंंस्कार गर्ने तयारी गरिरहेको भए पनि मृ’त्युको कारण कोरोना देखिएपछि अस्पतालले श’व दिएको छैन ।

परिवारजनबाट प्राप्त अरेबिक भाषामा लिखित पत्रलाई दूतावासकै जनसंपर्क अधिकृत (पीआरओ) मार्फत उल्था गरिएको र त्यसमा ज्यान जानुको कारण कोरोना भाइरस उल्लेख भएको दूतावासको भनाई छ ।

४० वर्षीय बिनु यूएईम पछिल्लो समय भिजिट भिसामार्फत एक भारतीय नागरिको घरमा घरेलु काम गर्थिन् । तर उनी यूएईमा १० वर्षदेखि कार्यररत थिइन् । यूएईको स्वास्थ्य मन्त्रालयले अहिलेसम्म ११ जना नेपालीमा कोरोना स’ङ्क्रमण भएको पुष्टि गरेको छ । दुई जना भने निको भइसकेका छन् ।

सम्बन्धित खवर

Back to top button