ज्यान गुमाउनेभन्दा निको हुने चार गुणा बढी

काठमाडौं, ४ वैशाख : विश्वभरि कोरोना भाइरसले म’हामारीको रुप लिएको छ । संक्र’मणबाट विश्वभर अहिलेसम्म जति मानिसको ज्यान गएको छ । सो भन्दा चार गुणा बढी मानिसहरु उपचारपछि निको भएका छन्।

विभिन्न निकायबाट सार्वजनिक भएका तथ्या‌ङ्कअनुसार हालसम्म एक लाख ३७ हजार सं’क्रमितको मृ’त्यु भएको छ। ह’ताहतिका हिसाबले यो निकै ठूलो संख्या हो। तर जोन हाप्किन्स विश्वविद्यालयका अनुसार अहिलेसम्म भेटिएका सं’क्रमितमध्ये पाँच लाख १२ हजार २५२ जना उपचारपछि निको भएका छन्‌। ज्यान गुमाउने भन्दा निको हुनेको संख्या ३.९४ गुणाले बढी हो।

पहिलोपटक कोरोना भाइरस भेटिएको चीनमा सं’क्रमितमध्ये तीन हजार ३४२ जनाको मृ’त्यु भएको छ । उपचारपछि निको हुनेको संख्या ७८ हजार ३७० रहेको छ । चीनमा निको हुने कोरोना सं’क्रमितको संख्या मृ’त्यु हुनेहरूको आंकडाभन्दा साढे २३ गुणाले बढी हो । जर्मनीमा ७२ हजार ६००, स्पेनमा ७० हजार ८५३, अमेरिकामा ५२ हजार ६४०, इरानमा ४९ हजार ९३३, इटलीमा ३८ हजार ९२, फ्रान्समा ३१ हजार ४७०, स्वीट्जरल्याण्डमा १५ हजार ४०० र ब्राजिलमा १४ हजार ६०० जना कोरोना सं’क्रमितले उपचारपछि पूर्ण स्वास्थ्यलाभ हासिल गरिसकेका छन्‌।

पाँच देशमा मात्रै १० हजार बढीले ज्यान गुमाए

अल्पविकसित र विकासोन्मुख भन्दा पनि विकासशील र विकसित देश कोरोना महा’मारीको ड’रलाग्दो च’पेटामा फ’सेको देखिन्छ। विश्व म’हाशक्ति र विकासको चर’मसीमामा पुगेको भनिएको अमेरिकामा अन्य मुलुकको तुलनामा सबैभन्दा बढी अर्थात ३० हजार भन्दा धेरै सं’क्रमितले ज्यान गुमाएका छन्‌।

ज्यान गुमाउनेको संख्याका हिसाबले इटली दोस्रो स्थानमा छ, जहाँ कोरोनाका कारण २१ हजार ६४५ जनाको मृ’त्यु भएको छ। तेस्रो स्थानमा रहेको स्पेनमा १८ हजार ८१२ जना, चौथो स्थानमा रहेको फ्रान्समा १७ हजार १६७ जना र पाँचौं स्थानमा रहेको बेलायतमा १२ हजार ८६८ जना कोरोना सं’क्रमितले ज्यान गुमाइसकेका छन्‌।

सं’क्रमितको संख्या पनि विकसित देशमा नै बढी देखिएको छ। अहिलेसम्मको आंकडाअनुसार अमेरिकामा सबैभन्दा बढी ६ लाख ३९ हजार ५५ जना सं’क्रमित भेटिएका छन्‌। स्पेनमा एक लाख ८० हजार ६५९, इटलीमा एक लाख ६५ हजार १५५, जर्मनीमा एक लाख ३४ हजार ७५३ र फ्रान्समा एक लाख ३४ हजार ७८२ संक्रमित फेला परेका छन्‌। यस हिसाबले यी देशमा एक लाखभन्दा बढी सं’क्रमित फेला परेका छन्‌।

सम्बन्धित खवर

Back to top button