धनगढीमा स्वाब परीक्षण गर्दा दुई जनामा कोरोना भएको पुष्टि, स्वाब काठमाडौं पनि पठाइयो

धनगढी, ४ वैशाख : धनगढीको पशुपंक्षी अन्वेषण प्रयोगशालामा स्वाब परीक्षण गरिएका दुई जनामा कोरोना पुष्टि भएको छ ।

प्रयोगशालामा जडान गरिएको आरटीपीसीआर मेशिनमा नमूना परीक्षण गर्दा दुई जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो । तर, दुबै जना भने सुदूरपश्चिमका नभई रुकुम पश्चिमका छन् । प्रयोगशाला स्रोतका अनुसार सुर्खेतबाट ल्याईएको ९९ वटा थ्रोट स्वाबको नमूना परीक्षण गर्दा दुई जनामा कोरोनाको संक्रमण देखिएको हो ।

धनगढीस्थित प्रयोगशालामा रिपोर्ट पोजेटिभ देखिएपछि पुनः परीक्षणका लागि नमूना काठमाडौँ पठाईएको छ । संघीय सरकारले मेशिन पठाएपछि धनगढीस्थित पशुपंक्षी अन्वेषण प्रयोगशालामा आरटीपीसीआर मेशिन जडान गरिएको थियो ।

सम्बन्धित खवर

Back to top button